logo
२०८१ मंसिर ११ मंगलवार



तनहुँका सबै स्थानीय तहमा आरडिटी किट

खुला |


तनहुँका सबै स्थानीय तहमा आरडिटी किट



अमरराज नहर्की
तनहुँ, चैत्र ३० गते । स्वास्थ्य कार्यालय तनहुँले कोरोना भाइरस(कोभिड–१९)को द्रुत परीक्षणको तनहुँका सबै स्थानीय तहमा आरडिटी किट पठाएको छ  cx जिल्लालाई प्राप्त ६४२ वटा आरडि किट आईबार पठाईएको हो ।

किट पठाईसँगै चैत्र १ गते यता रत लगायत विभिन्न मुलुकबाट जिल्ला भित्रिएका व्यक्तिको ¥यापिडडायग्नोष्टिक टेष्ट(आरडिटी) किटबाट परीक्षणको तयारी गरिएको छ । चार वटा नगरपालिका र छ वटा गाउँपालिका गरी जिल्लाका १० वटै स्थानीय तहमा पठाईएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । स्थानीय तहले निर्माण गरेको तथा घरमै क्वारेन्टाइनमा बसेर १४ दिन पुगेको र २१ दिनननाघेका व्यक्तिमा किटमार्फटपरीक्षण गरिनेछ स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमै कोभिड–१९ को शङ्कास्पद विरामीको स्वाब संकलन सुरु गरिएको छ । हालसम्म ३ जनाको स्वाब संकलन गरिएको, ४ जना आफै पोखरा र काठमाडौं गएर परीक्षण गरेको दमौली अस्पतालले जनाएको छ । परिक्षण गरिएको ७ जनाकै रिपोर्ट नेगेटिभ आएका अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जिल्लाको म्याग्दे गाउँपालिका, व्यास र शुक्लागण्डकी नगपालिकाबाट १÷१ जनाको गरी ३ जना शंकास्पद विरामीबाट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।

त्यस्तै,भानु नगरपालिकाका २ जनाले पोखरामा र ऋषिङ गाउँपालिकाको १ जनाको काठमाडौं र आँबुखैरेनी गाउँपालिकाको १ जनाले व्यक्तिगत रुपमा स्वाब परीक्षण गरेका थिए । हालसम्म जिल्लाबाट कोभिड–१९को आशङ्कमा गरिएको परीक्षणको सबै रिर्पोट नेगेटिभ भएको स्वास्थ्य कार्यालयकना प्रमुख अधिकारीले बताउनुभयो । लेजिल्लामा चैत्र १ गत ेयता ७२०जना विदेशबाट फर्किएका छन् । यी मध्ये देवघाट गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एकजना मात्र बसेका छन् र बाँकी ७१९ जना घरमै मक्वारेन्टाइनमै बसेका छन् ।

तनहुँबाट तीन कैदी छुटे

जिल्ला कारागार तनहुँबाट विशेष प्रकृतिका तीन जना कैदी छुटेका छन् । कोभिड–१९संक्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसला अनुरूप उनिहरु छुटेका हुन् ।

छ जनाले जिल्ला अदालतमा निवेदन दिएका र तीध्ये दुई जना कैद वापतको रकम बुझाएर र एक जना समय अवधि पुगेर रिहा भएको कारागारले जनाएको छ । एक जना कैद वापतको रकम बुझाउन नसकेरर दुई जनाको मुद्दा फैसलान भएकाले रिहा हुन नसकेको कारागारका निमिक्त प्रमुख नाराएणप्रसाद अधिकारीले जानकारी दिनुभयो । जिल्ला अदालतका न्यायाधीशवासुदेव पौडेलको एकल इजलासलेउनीहरूलाई रिहा गर्न आदेश दिएको सोही बमोजिम उनिहरुलाई रिहागरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?