अमररराज नहर्की
तनहुँ, चैत्र ३० गते । कोरोना भाइरस (कोभिड १९) को संङ्क्रमण पैmलिने डरले रोकिएको तनहुँ जलविद्युत आयोजनाले निर्माणको काम पुन सुचारु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले ठूला आयोजना सञ्चालन गर्न सकिने निर्णय गरेपछि आयोजना निर्माणको कार्य अगाडी वढाइएको हो ।
प्याकेज २ र प्याकेज ३ अन्र्तगतको काम थालिएको आयोजनाका प्रबन्धक अच्युतबाबु घिमिरेले जानकारी दिनुभयो । प्याकेज २ अन्र्तगत मुख्य सुरुङ निर्माण, विद्युत गृह र उपकरणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । घिमिरेका अनुसार प्याकेज ३ अन्र्तगत दमौली देखी भरतपुर सम्मको विद्युत प्रशारण लाइन सम्वन्धी काम भइरहेको छ । प्याकेज २ को काम चिनको सिनो हाइड्रो कर्पोरेसन र प्याकेज ३ को काम भारतको के.इ. सि इन्टरनेशनल लिमिटेडले गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार जर्मन, व्रिटिश चिनीया प्राविधिकहरुले निर्माणको काम गरिरहेका छन् । डेढ वर्ष देखि नै काम गर्दै आएका प्राविधिक हरुले निर्माणको काम अगाडी वढाएको आयोजनाका उप प्रवन्धक विद्र अधिकारीले जानकारी दिनुभयो । पुरानै विदेशी प्राविधिक भएकाले कोरोनाको कारण डराउन नपरेको भनाई उहाँको भनाई छ । माक्स प्रयोग गरी सामाजीक दुरी कायम गरेर निर्माणको काम गरिएको सावधानीक पुर्वक त अधिकारीले जानकारी दिनुभयो ।
प्याकेज १ अन्र्तगतको कामका लागी भने पहिलो पटकको ठेक्का सि एम सी सँग सम्झौता भए पनि पछि रद्द भएकाले दोस्रो पटकको ठेक्का नलागेपछि तेस्रो पटक वोल पत्र आव्हान गरिएको छ । तनहुँको रिसिङ गाउपालिका १ झापुटारमा निर्माण हुने १४० मेघावाट क्षमताको यस आयोजनाको कुल लागत ५० अर्व रुपैया रहेको छ । त्यसका लागी एशियाली विकास वैक (एडिवी)ले १५ अर्व, जाइकाले १८ अर्व, युरोपियन इनभेष्टमेन्ट वैकले ८ अर्व र वाकी ११ अर्व रुपैया नेपाल सरकारले व्यहोर्ने छन् । सन २०१९ जनवरी वाट शुरु भएको सो आयोजना सन २०२४मा सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।