मुरारी अधिकारी
धादिङ, चैत्र ३० गते । कोरोना भाइरस कोभिड–१९ का कारण भएको लकडाउनले तरकारी उत्पादक किसानहरु मर्कामा परेका छन् । समयमै तरकारी ढुवानी नहुँदा थाक्रे गाउँपालिका वडा नं. ७ का किसान रामबहादुर सुवेदीले झण्डै तीन लाखको फर्सी बारीमै कुहाउनु परेको छ । त्यसैगरी काउली बन्दा लगायतका तरकारीले पनि बजार नपाएको सुवेदी बताउनुहुन्छ । लकडाउन शुरुहुँदा बिक्रीका लागि तयार भएको फर्सी यतिबेला बजारमा ढुवानी गर्न सकिएन तर अहिले ढुवानी अलि सहज भएको छ, फर्सी विक्रिका लागि योग्य नभएको सुवेदी गुनासो गर्नुहुन्छ ।
यता बेनीघाट चरौंदीको तरकारी संकलन केन्द्र पनि यति खेर सुनसान छ । बाह्रै महिना दैनिक ४०र ५० टन ताजा तरकारी काठमाडौं, पोखरा, बुटवल लगायत प्रमुख शहरहरुमा पठाउने यो संकलन केन्द्रमा कोरोना भाइरस सन्त्रासले भएको लकडाउन पछि दैनिक ५ टन तरकारी पनि संकलन हुदैन । संकलन गरिएको तरकारी पनि सस्तोमा वेच्नुपरेको चरौंदीको तरकारी संकलन केन्द्रका इश्वर थपलीयाले बताउनुभयो । चरौंदी देशभरमा १८ वटा ठुला ताजा तरकारी संकलन केन्द्र मध्येको एक केन्द्र हो ।
सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव धादिङका तरकारी उत्पादन गर्ने किसानहरुमा परेकोछ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तुहरू दूध, फलफूल, तरकारीलगायतको आपूर्ति प्रभावित भएको हो । गत वर्षका यो समयमा एक सयरुपैंया पर्ने हरियो काक्रो, हरियो मटर कोसा, लौका अहिले ३० देखि ४० रुपैंयामा पनि विक्री हुन धौ धौ परेको छ ।
संकलन केन्द्रमा ठुला ट्रकहरु लिएर नियमित तरकारी लिन आउने व्यापारीहरु लकडाउनमा परे पछि किसानहरुले गाउँबस्तीबाटै आफै साना जीपमा लिएर पोखरा काठमाण्डौं लिएर गए पनि भाउ नपाएर तरकारी छोडेर आउने गरेका छन् भने बजार लैजान नसक्ने किसानका तरकारी बारीमै कुहिएकाछन् । यता उपभोक्ताहरु भने सँधाभन्दा दोब्बर मूल्य तिरेर खान बाध्य