राजन रावत
सिमकोट, चैत ३० गते । सशस्त्र प्रहरी बलले हुम्लाका गल्ली गल्लीमा पुगेर सरसफाई गर्दै जनचेतना फैलाउने कार्य अगाडी बढाएको छ । कोरोना महामारी बिरुद्ध सबैतिर सरसरफाईमा बिशेष ध्यान दिनु पर्ने बेला सशस्त्र प्रहरीले यो अभियान संचालन गरेको हो ।
बढी फोहोर हुन थालेपछि स्वास्थ्यकर्मी सहितको सशस्त्र प्रहरी बलको टोलीले हुम्लामा सरसफाईका लागि बिशेष अभियान सञ्चालन गरेको सशस्त्र प्रहरी बलका डिएसपी मोहन बिष्टले बताउनु भयो । बन्दाबन्दबीका बेला फोहोर बढी भएको र ठाउँ ठाउँमा फोहोरको खाद लाग्न थालेपछि सिमकोट बजारका गल्ली गल्लीमा किट नासक औषधी छर्कने काय प्रहरीले सुरु गरेको हो । किटाउहरु मर्नका लागि औषधी छर्कने मात्र होइन स्थानीय बासिन्दाहरुलाई सरसफाई गर्न र बन्दबन्दीमा घर भित्रै बस्न पनि अनुरोध गर्दै आएको छ । फोहोरबाटै कोरोना संक्रमण बढी हुने भएको कारण सशस्त्र प्रहरीले यो अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।
सरसफाई गर्ने क्रममा भेट भएका मानिसहरुलाई कोरोना संक्रमण बिरुद्ध जुद्ध्न सरसफाईमा ध्यान दिन र माक्स अनिबार्य प्रयोग गर्न समेत आग्रह गर्दै आएको छ । त्यसै गरि प्रहरीले दैनिक कम्तीमा पनि पाँच पटक साबन पानीले हात धुन पनि आग्रह गरेको छ । त्यो संगै कोरोना बिरुद्धका सन्देबमुलक गीतहरु पनि बजाउने गरेको छ । डिएसपी बिष्टले जनताको सुरक्षाका लागि सदैब तयार सशस्त्र प्रहरीले अब दैनिक जसो यो कार्य गर्नेछ । यसका लागि उहाँले जनताले साथ दिन पनि अनुरोध गर्नु भएको छ ।