टीकाराम उप्रेती
झापा चैत ३० गते । नेपालमा गरिएको लक डाउनका कारण प्रभावित झापाका ३६ हजार बढी परिवारलाई पहिलो चरणको राहत बितरण गरिएको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न गरिएको लक डाउनका कारण प्रभावित ज्यादै गरिव श्रमिक वर्गका परिवारलाई पहिलो चरणमा राहात बितरण गरिएको हो । जिल्ला समन्वय समितिका झापाका संयोजक सोमनाथ पोर्तेलका अनुसार पहिलो चरण अन्र्तगर्त आइतबारसम्ममा ३६ हजार २ सय ५६ परिवारका कुल ८४ हजार ८ सय ८० जनालाई राहात बितरण गरिएको हो । राहात अन्र्तगत ७ लाख १४ हजार ७२४ किलो चामल बितरण गरिएको छ । यस्तै दाल ९ हजार ९५ किलो, नुन ५४ हजार ५४ किलो बितरण गरिएको छ । यस्तै खाने तेल ३६ हजार १ सय ३३ लिटर र २६ हजार १९ थान हात धुने साबुन बितरण गरिएको छ ।
जिल्लामा ५ करोड २२ लाख ४७ हजार ८१७ रुपियाँ कोषमा जम्मा भएको थियो । यही कोषबाट राहात बितरण गरिएको जनाइएको छ । १५ वटा पालिका रहेको झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । जसमध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकाले कुल ९ हजार ९ सय ६० घर धुरीलाई राहात उपलब्ध गराएको थियो । त्यस्तै भद्रपु्र नपाले ३ हजार ६ सय ४८ घरधुरी लाई राहात उपलब्ध गराएको छ । यस्तै गौरादह नपाले ३ हजार २ सय २ घरधुरी र दमक नपाले २ हजार २ सय ४६ घुरधुरीलाई राहात बितरण गरेको छ । सबैभन्दा कम शिवसताक्षी नपामा १ हजार २ सय १२ घरधुरीलाइ राहात उपलब्ध गराइएको जनाइएको छ ।
१५ वटा पालिका मध्ये हल्दीबारी गाउँपालिकाको सम्पुर्ण बिबरण भने प्राप्त भइसकेको छैन । अन्य पालिकामा बितरण गरिएको राहात पछि पनि राहात पाउनु पर्छ भनेर माग गर्नेको सख्या निक्कै ठुलो रहेकाले अब पुन राहात को अवस्था हेरेर पुन बितरण गर्ने योजना रहेको संयोजक पोर्तेलले जानकारी दिनुभयो ।
राहात बितरणमा केही पालिकामा टोल बिकास सस्थालाई आधारमानेर नामावली संकलन गरिएकाले यसमा केही फर्जी र सरकारी कर्मचारीका परिवारले समेत राहात थापेको रहस्य बाहिर आएको छ । यसरी गलत तरिकाले राहात लिने ब्यक्तीलाई तत्काल कार्वाही गर्न समेत सर्बसाधारणको माग छ ।