logo
२०८१ मंसिर ११ मंगलवार



५२ जनाको परीक्षणमा कोरोना देखिएन

खुला |


५२ जनाको परीक्षणमा कोरोना देखिएन


अमृतप्रसाद पौडेल
म्याग्दी, बैशाख १ गते । म्याग्दी जिल्लाको तीन वटा स्थानीय तहमा कोरोना भाइरस(कोभिड–१९) को ¥यापिड टेष्ट गरिएको छ । बेनी नगरपालिका, मालिका र धवलागिरी गाउँपालिकामा गरी ५२ जनाको ¥यापिड टेष्ट गरीएकोमा सबै जनाको नतिजा नेगेटीभ आएको बेनी अस्पतालका ल्याब टेक्नीसियन ध्रुव गिरीले बताउनुभयो ।

बेनी नगरपालिकामा ३३, मालिका गाउँपालिकामा १२ र धौलागिरी गाउँपालिकामा ७ जनाको टेष्ट गरीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । ‘तीमध्ये ७ जनाको स्वाब सङ्कलन गरिएको छ, ‘एकमहिना यता विदेशबाट आएका सबैको टेष्ट गरिन्छ’ लम्सालले भन्नुभयो ।

प्राथमिक उपचार केन्द्र दरबाङमा गरिएको टेष्टमा मालिकाबाट १२ जना र धवलागिरी गाउँपालिकाबाट ७ जना सहभागी थिए । शनिबार बेनी नगरपालिकाबाट ¥यापिड टेष्ट सुरु गरिएको थियो ।
बेनी नगरपालिकाबाट ६ जनाको स्वाब संकलन गरी पोखरा पठाइएकोमा छ जनाकै नेगेटीभ आएको छ भने दरवाङमा संकलन गरि पोखरा पठाइएको स्वावको नतिजा आउन बाँकी रहेको छ ।
म्याग्दी जिल्लाका बेनी नगरपालिकामा ३८, रघुगंगा गाउँपालिकामा ३६, धौलागिरी गाउँपालिकामा १५, मालिका गाउँपालिकामा ११, मंगला गाउँपालिकामा ३४ र अन्नपूर्ण गाउँपालिकामा १५ जना बिदेशबाट आएका नागरिकहरु सम्पर्कमा रहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी जिल्लामा ६१ जना चैत महिनामा मात्रै नेपाल बाहिरबाट आएका थिए ।

यसैबीच पर्सामा तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि म्याग्दीमा सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँका अनुसार म्याग्दी प्रबेश गर्ने जुनकुै सवारी साधनलाई रत्नेचौर र कालिपुलमा (डिसइन्फेक्ट) डिटोलपानी वा क्लोरीनपानीले धोएर मात्रै प्रवेश गराउने निर्णय गरीएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?