logo
२०८१ मंसिर ११ मंगलवार



एआरटी सेवा लिने विरामीलाई घरमै औषधि

खुला |


एआरटी सेवा लिने विरामीलाई घरमै औषधि


बेलिना थापा
लमजुङ, बैशाख १ गते । लमजुङमा एआरटी सेवा लिँदै आएका नागरिकलाई घरमै औषधी पु¥याउने व्यवस्था गरिएको छ ।

जिल्लाका एचआइभी संक्रमित विरामीले यसअघि सदरमुकमा बेंसीसहरबाट लिँदै औषधी घरघरै पुग्ने गरेको छ । औषधी सेवन गर्दै आएका विरामीलाई एआरटी सेवा दिँदै आएको लमजुङ जिल्ला सामुदायिक अस्पताल, सामुदायिक हेरचाह केन्द्र लमजुङ, स्वास्थ्य कार्यालय लमजुङको सहकार्यमा संक्रमतिलाई घरमै औषधि पु¥याइएको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण अस्पताल आउन नपाएका तथा औषधी अभाव भएका विरामीलाई घरमै पु¥याउने व्यवस्था गरेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका प्रमुख अमर दवाडीका अनुसार औषधी अभाव हुने विरामीले फोन गरेमा विभिन्न माध्यमबाट घरमा पु¥याउने गरिएको छ । लकडाउनको समय ६० जना भन्दा बढीलाई औषधी उपलब्ध गराएको उहाँले बताउनुभयो । औषधी आवश्यक पर्ने विरामीले फोन गरेपछि स्वास्थ्य कार्यालयको सवारी साधन, स्थानीय तहको एम्बुलेन्स, स्वास्थ्यकर्मीमार्फत विरामीको घरमा औषधी पु¥याउने गरेको उहाँले बताउनुभयो ।

कोरोनाको संक्रमण बढ्दै जानु र लकडाउनको समय लम्बीदा एआरटी सेवा लिँदै आएका विरामीलाई समस्या परेको थियो । यो समयमा सदरमुकामसम्म औषधी लिन आउन समस्या भएपछि घरमै लाने सुविधा मिलाएको कार्यालयले जनाएको छ । क्षयरोगका विरामीको हकमा भने लकडाउनअघि नै स्थानीय तहका स्वास्थ्य संस्थामा औषधी पुगिसकेकाले कुनै समस्या नभएको उहाँले बताउनुभयो ।

औषधी आवश्यक पर्ने विरामीले सम्बन्धीत वडाको स्वास्थ्य संस्थामा पुगेर औषध लिने गरेका छन् । उनीहरुका लागि लकडाउन अझैं लम्बीए पनि खासै समस्या नपर्ने देखिन्छ । लकडाउनका कारण समस्यामा परेका मधुमेह, प्रेसरलगायतको दिर्घरोगीका लागि भने घरमा लाने व्यवस्था गरिएको छैन । स्थानीय तह तथा विरामीले समस्या परेको बताएमा यसका लागि पनि व्यवस्था गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका एचआईभी एड्स परामर्शदाता गणेश गुरुङले जिल्लामा १ सय ६ जना एचआईभी संक्रमितले औषधी सेवन गरिरहेका छन् । संक्रमित मध्ये केही जिल्ला बाहिर दमौली, काठमाडौं, पोखरा गएर समेत औषधी सेवन गरिरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?