logo
२०८१ मंसिर ११ मंगलवार



बिदेशवाट घर फर्किएका सबैको कोरोना परीक्षण गरिने

खुला |


बिदेशवाट घर फर्किएका सबैको कोरोना परीक्षण गरिने


डिलबहादुर सिंह
डोटी बैशाख १ गते । चैत १ गते देखि १० गते सम्म तेस्रो मुलुक लगायत भारतका बिभिन्न स्थानबाट डोटी जिल्लामा आएका ३ हजार ९४५ जनाको –यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिने भएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार जिल्लाका नौ वटा स्थानीय तहहरुले उपलब्ध गराएको तथ्याँकको आधारमा भारतबाट लगायत तेस्रो मुलुकवाट जिल्ला भित्रिएकाहरुलाइ कोरोना सङ्क्रमण भए नभएको एकिन गर्न सबैको –यापिड डाइग्नोष्टिक टेस्ट(आरडीटी) गरिने भएको हो ।

टेष्ट किटको लागि प्रदेश सरकार सँग अनुरोध गरिने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय कमान्ड पोस्टको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डोटीले एक बिज्ञप्ती प्रकाशित गरी दैनिक उपभोग्य तथा औषधिजन्य बस्तुहरुको कृतीम अभाव देखाई मूल्यवृद्धि लगायत कालो बजारी गर्ने लुकाउने वा आपूर्ति अवरोध जस्ता कार्य नगर्न र नगराउन उद्योगी व्यापारीहरूमा अनुरोध समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?