अर्जुन काफ्ले
स्याङ्जा, बैशाख १ गते । बिश्व नै कोरोना भाइरसका कारण समस्यामा रहदाँ स्याङ्जामा संक्रमणबाट बच्न र बचाउन बिदेशबाट आएकालाई धमाधम ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ ।
कतार एयरलाइन्स, अरेबियन एयरलाइन्स तथा विदेशबाट आएका र परिवार सहित ९८ जना जनाको स्वाब संकलन गरी परिक्षण गरिएकोमा पछिल्लो चार दिन ¥यापिड टेष्ट गरिएको हो ।
सोमबार सम्म दुई सय १० जनाको ¥यापिड टेष्ट सहित तिन सय आठ जनाको कोरोना भाइरस गरिएको र सबै नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
¥यापिड टेष्टमा व्यक्तिको रगत किडमा राख्ने र केहि बेरमै नजिता थाहा पाउने दु्रत परिक्षण विधि भएको शर्माले बताउनुभयो । ¥यापिड टेष्टमा पोजेटिभ आएको खण्डमा भने पुनः स्वाब परिक्षण गर्नुपर्ने प्रमुख शर्माले बताउनुभयो ।
¥यापिड टेष्टको पछिल्लो चार दिनमा पुलतीबजार नगरपालिका ३५, चापाकोट १० नगरपालिका, हरिनास गाउँपालिका ४४ र वालिङमा दुई, अर्जुन चौपारी ५१, भिरकोट ४० र बिरुवामा २८ जनाको परिक्षण गरिएको हो । यहाँ छ सय २४ जनाको कोरोना भाइरस परिक्षण गर्ने लक्ष्य लिएपनि लामो समय सम्म कुनै समस्या नदेखिएकाले अब कबिर दुई सय जनाको परिक्षण गर्ने तयारी गरिएको प्रजिअ रामबहादुर कुरुङबाङले बताउनुभयो । उहाँले ¥यापिड टेष्ट प्रणालीबाट बाकी रहेको सबैको सकिने र जिल्लामा दोस्रो चरणको सर्तकता सुरु गर्ने बताउनुभयो ।