logo
२०८१ मंसिर ११ मंगलवार



कालोबजारी गर्ने पाँच पसल बन्द

खुला |


कालोबजारी गर्ने पाँच पसल बन्द
सांकेतिक तस्विर


तनहुँ समाचारदाता
तनहुँ, वैशाख १ गते । तनहुँमा महङ्गो मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने पाँच पसललाई कारबाही गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ र १० का होटल, किराना तथा मोबाईल पसलहरुबाट महङ्गो मूल्यमा विक्री गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा नं. १० स्थितसाँखे बजारका ३ किराना पसलर एक होटल, वडा नं. ८ स्थित लालिमको मोबाइल पसलबाट कालोबजारी गरी पेट्रोल तथा डिजेल बेच्ने गरेको सूचनाको आधारमा प्रक्राउ गरिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो । पसलमा प्रहरी आफै ग्राहक बनेर जाँदा पसलेहरुले एक लिटर पेट्रोललाई १२० देखि १३० सम्ममा मुल्य पर्ने बताएकाले पेट्रोलियम पदार्थ नियन्त्रणमा लिई सोमबारदेखि पसल बन्द गराईएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?