logo
२०८१ मंसिर ११ मंगलवार



कतै राहत वितरण हुँदै कतै तयारी गर्दै

खुला |


कतै राहत वितरण हुँदै कतै तयारी गर्दै


जिवछ यादव
लहान,बैशाख १ गते । बन्दाबन्दीमा गरीब मजदुरलाई छाक टार्नको लागि सिरहाका स्थानीय तहहरुले कतै राहत वितरण गरिसकेको छन भने कतै तयारी अवस्थामा रहेको छ ।
लहान,धनगडीमाइ,गोलबजार, कर्जन्हा नगरपालिकाहरुले राहत वितरणको कार्य अन्तिम चरणमा रहेको जनाएको छ भने सिरहा कल्याणपुर र सुखीपुर नगरपालिकाले वितरण गर्ने तयारीमा रहेको छ ।

नगरपालिका वाहेक रहेका नौ वटा गाँउपालिकाहरुमा समेत राहत वितरणको कार्य तयारीको अवस्थामा रहेको सिरहा समन्वय समितिका प्रमुख राम चन्द्र ठाकुरले बताउनुभयो ।
उहाँको अनुसार राहत वितरण प्रक्रियालाई एकद्वार प्रण्मलीबाट लागु गर्नुको साथै पीडितहरु केहिपनि नछुटुन, यसको लागि पालिकाहरु सचेत हुनुपर्ने समन्वय भइरहेको छ ।

लगातारको बन्दाबन्दीले ग्रामीण भेगका मजदुरभन्दा शहरी क्षेत्रका मजदुरहरु बढी प्रताडित भइरहेकोले नगरपालिकाहरु राहत वितरणलाई तीव्रता दिएको लहान नगरप्रमुख मुनि साहले भन्दै लहान नगरपालिकाको २४ वटै वडामा राहत वितरण अन्तिम चरणमा रहेको छ । पहिलो चरणको राहत वितरणमा छुटेका मजदुर गरविहरुलाई राहत उपलब्ध गराउन नगरपालिका गृहकार्यमा रहेको बताउनुभयो ।

यता सखुवानन्कारकटीका गाँउपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार राहत वितरणको लागि संकलित नमावलीमा हुनेखाने परिवारले समेत दाबी गरेकोले राहत वितरणमा ढिलाई भइरहेको छ ।

राहत वितरणमा ढिलाई भइरहेकोले सबेभन्दा वढी मुसहर र डुम समुदायलाई छाँक टार्न ठूलो समस्या भइरहेकोले यसतर्फ स्थानीय तहहरुले ध्यान दिनुपर्ने दलित अभियानकर्मी रामसेवक सदायले भन्दै राहतमा ढिलाई भए मुसहर समुदायको अवस्था कष्टकर हुन सक्ने बताउदै राहतमा हुने खामने परिवारले पनि लोभ गर्नु उचित नभएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?