logo
२०८१ मंसिर ११ मंगलवार



१५ बर्षे किशोरको नदीमा डुबेर मृत्यु

खुला |


१५ बर्षे किशोरको नदीमा डुबेर मृत्यु


शिवशंङ्कर मिश्र 
बारा, बैशाख १ गते । नयाँ वर्ष मनाउन गएका एक किशेरको नदीमा डुबेर ज्यान गएको छ । ज्यान जानेमा बाराको सुर्वण गाउँपालिका वडा नम्बर–३ पचगछिया टोल निवासी मनोज प्रसाद यादवको १५ बर्षिय छोरा अभिषेक कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

नयाँ वर्षमा पिकनिक मनाउन गएका साथीहरुको समूहमा गाउँ नजिकै रहेका नदीमा नुहाउने क्रममा सोमवार साँझ अन्दाजी ५ बजे गहिरो पानीमा डुबेर ज्यान गएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । मृतक यादवको शव परीक्षणको लागि कलैया अस्पतालमा ल्याईएको तथा यसबारे बिशेष अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

यसैगरि एक साता अगाडी पनि पौडी खेल्ने क्रममा बकैया नदीमा डुबेर निजगढ नगरपालिका वडा नम्बर–९ शान्ति टोलका १९ बर्षिय सविन सहनीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?