logo
२०८१ मंसिर ११ मंगलवार



भाईरस परिक्षण गरिएका ४२ जनाकै रिपोर्ट नेगेटिभ

खुला |


भाईरस परिक्षण गरिएका ४२ जनाकै रिपोर्ट नेगेटिभ


हुम्ला समाचारदादाता
सिमकोट, वैशाख २ गते । हुम्लामा भाईरस परिक्षण गरिएका ४२ जना कै रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट फर्केका र देशका अन्यत्र भागबाट आई जिल्लाका बिभिन्न क्वारेन्टाइमा रहनु भएकाहरुको आरडिटी किटबाट रगत परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

नाम्खा गाउँपालिकाको वडा नम्बर २ र ३ मा स्थापना भएका क्वारेन्टाईनहरुमा रहनु भएका १७ जनाको आरडिटी किटबाट कोरोना भाइरस परिक्षण गर्दा रिपोर्ट सबैको नेगेटिभ आएको गाउँपालिका अध्यक्ष बष्णिु बहादुर लामाले बताउनु भयो । गाउँपालिकाका स्वास्थ्यकर्मीहरु सिमकोट आएर उक्त किट लिएर क्वारेन्टाईनमा रहनु भएकाहरुको परिक्षण गरिएको हो । गाउँपालिका अध्यक्ष आफै पनि स्वास्थ्यकर्मीको टोलीसंग रहनु भएको छ । बाँकी वडा नम्बर १ का क्वारेन्टाईनमा रहेकाहरुको पनि परिक्षण गरिने अध्यक्ष लामाले बताउनुभयो । नाम्खा गाउँपालिकामा ३४ जना भारतबाट ब्यापार ब्यबसाय गरि पर्केकाहरु आउनु भएको छ । हाल उहाँहरु सबै क्वारेन्टाईनमा रहदै आएका छन् ।

त्यसै गरि आडिटी किटबाट सिमकोटमा स्थापना भएका दुई वटा क्वारेन्टाइनमा रहेका २५ ब्यक्तिहरुको रगतको नमूना परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ भेटिएको स्वास्थ्य सेवा कार्यालयका प्मुख प्रेम बहादुर सिंहले बताउनुभयो । दुई ठाउँमा गरि ४२ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । हुम्लामा उक्त किट चार सय थान आई पुगेका हुन । प्रमुख सिंहका अनुसार जिल्लाका दक्षिणी क्षेत्रका खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुनी र ताँजाको गाउँपालिकामा भारत र जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुको नमूना परिक्षण गर्न दुई सय वटा आरडिटी किट सहित स्वास्थ्यकर्मीहरु गाउँपालिकातिर लाग्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?