logo
२०८१ मंसिर ११ मंगलवार



संक्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाईनमा

खुला |


संक्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाईनमा


चाँदनी आचार्य
कैलाली बैशाख २ गते । कैलालीका विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा दुइसाता विताएकाहरुको विदाई गरिएको छ । भारतको विभिन्न ठाउँमा रोजगारीकालागि गएकाहरुलाई कोरोना संक्रमणको जोखिमबाट बच्नकालागि स्थानीय तहले ब्यवस्था गरेको क्वारेन्टाईनमा बस्दै आएकाहरुलाई तोकिएको समय पुरा भएपछि एकसाता घरकै क्वारेन्टाईनमा बस्नेगरी घर फर्काएको हो । बर्दगोरिया गाउँपालिका गौरिगंगा , भजनी, लम्कीचुहा र घोडाघोडी नगरपालिकाको क्वारेन्टाईनमा दुईसाता बसेपछि घर फर्केका छन् ।

घोडाघोडी नगरपालिकाको क्वारेन्टाईनमा बसेका १३ जनालाई मंगलबार घर फिर्ता पठाएको छ । यस अघि बर्दगोरिया गाउँपालिकाको क्वारेन्टाईनमा बसेका १५ जना र गौरीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बसेका २० जना घर गईसकेका छन । १४ दिन सम्म क्वारेन्टाईनमा बस्दा आफूहरुको स्वास्थ्य परिक्षण देखि खान बस्नमा कुनै कमि नगरेको भन्दै उनीहरुले नगरपालिकालाई धन्यबाद समेत दिएकाछन् ।

घोडाघोडी नगरपालिका ५ का रबी भट्टले क्वारेन्टाईनमा बस्नुनै कोरोना फैलन र बच्नबाट जोगिने उत्तम उपाय भएकाले आफू जस्तै स्वस्र्फूतरुपमा क्वारेन्टाइनमा बस्नकालागि अन्य देशबाट आउनेहरुलाई आग्रह समेत गर्नुभयो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले क्वारेन्टाईनमा बसेकाहरुको र्यापिड किटपरिक्षण गरिएको र रिर्पो नेगेटीभ आएको बताउदै स्वास्थ्यमन्त्रालयको परिपत्र अनुसार १४ दिन क्वारेन्टाईनमा राखेर सम्वन्धित वडा अध्यक्ष , स्वास्थ्यचौकी प्रमुख र स्वयमसेवीकाको जिम्मामा घर पठाइएको बताउनुभयो । भारतबाट नयाँ आएका र संक्रमितको संगसत्र्गमा रहेका अन्यलाई समेत क्वारेन्टाईनमा ल्याने तयारी भएको नगरप्रमुख ममता प्रसाद चौधरीले बताउनुभयो ।

१४ दिन क्वारेन्टाईनमा बसेर घर जाने संगै संक्रमितसंग जोडिएका अन्यलाई समेत क्वारेन्टाईनमा राखिएको छ । लम्कीचुहा नगरपालिकामा दुईसाता क्वारेन्टाईनमा बसेकाहरुलाई घर विदाई संगै ५२ जना थप ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राखिएको छ । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाइले आफ्नो नगरपालिकामा ६० बर्षिय महिलामा कोरोना संक्रमण भेटीएसंगै उक्त महिलाको सम्पर्कमा रहेका ५२ जना अन्य ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राखिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?