logo
२०८१ मंसिर ११ मंगलवार



काेराेना राेकथामकाे तयारी बुझन मुख्यमन्त्री स्याङ्जामा

खुला |


काेराेना राेकथामकाे तयारी  बुझन मुख्यमन्त्री स्याङ्जामा


अर्जुन काफ्ले
स्याङ्जा, बैशाख २ गते ।
जिल्लामा क्वारेन्टाइन, आइसोलेसन वार्ड, बिपद ब्यवस्था समितिको अवस्था, बिदेशबाट आएका नागरिकको कोरोना परीक्षणको प्रगती, राहत बितरण, मुख्य नाका फेदिखोला तथा राम्दीको बारेमा बुझ्ने उदेश्यले मंगलबार मुख्य मन्त्री गुरुङ्ले जिल्लाको भ्रमण गर्नु भएको हो ।

मुख्य मन्त्री गुरुङ्ले पेदिखोला, स्याङ्जा, भिरकोट, वालिङ्, गल्याङमा निर्माण गरिएको क्वारेन्टाइनको अबलोकन गर्नुका साथै जिल्ला अस्पताल स्याङ्जा, कालिका अस्पताल भिरकोट र वालिङको गहै कालिका अस्पताल, गल्याङ अस्पतालमा आइसोलेसन वार्ड तथा अस्पतालको निरिक्षण गर्नु भएको थियो ।  यस्तै फेदिखोलाको कुभिण्डे तथा गल्याङ् नगरपालिकामा पर्ने राम्दी नाकाको समेत मुख्य मन्त्री गुरुङ्ले निरिक्षण गर्नु भएको थियो ।  जिल्ला निरिक्षण तथा बिपद ब्यवस्थापन समितिको बैठकमा सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङ्ले कोरोनाका कारण बिश्वनै समस्यामा रहदाँ सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

अहिले गण्डकी प्रदेशमा ठुलो प्रभाब नदेखिपनि एकै चोटी देखिन सक्ने बताउदै मुख्य मन्त्री गुरुङ्ले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।  कोरोनाबाट बच्न प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउदै मुख्य मन्त्री गुरुङ्ले जिल्ला भित्र राहतलाई सहि ढंगले बितरण गर्न आग्रह गर्नुभयो । जिल्ला भित्र बनाइएका क्वारेन्टाइनहरु मापदण्ड अनुसारका हुनुपर्ने बताउदै मुख्य मन्त्री गुरुङ्ले मापदण्ड अनुसारका नभएका क्वारेन्टाइन बन्द गर्न निर्देशन दिनुभयो । उहाँले जिल्लामा रहेको बजेटलाई भोलीको लागि नभई अहिल्यै आवश्यक सामाग्री खरिद सर्तकता अननाउन निर्देशन दिनुभयो ।

क्वारेन्टाईन निरिक्षण तथा अबलोनमा मुख्य मन्त्री गुरुङ्ले, प्रदेश सांसद मिन प्रसाद गुरुङ्, जिल्ला समन्वय प्रमुख सिता कुमारी सुन्दास लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?