भोटराज राइ
उदयपुर, बैशाख २ गते । उपभोक्तालाई भोकमरीवाट जोगाउन सामुदायिक बनले खाद्यान्न वितरण सुरु गरेको छ । उदयपुरको सामुदायिक वनहरुले पनि आप्mना उपभोक्ताहरुलाई भोकमरीबाट जोगाउन राहतको रुपमा खाद्यन्न वितरण थालेको छ ।
स्थानीय सरकार, वनकार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसंग समन्वय गरी उपभोक्ताहरुलाई खाद्यन्नवितरण गरेको हो । बन समुहमा बनको आम्दानी रकम मध्येको गरीवी निवारण, बन संरक्षण जस्ता शिर्षकमा छुट्याएको रकमलाई सदुपयोग गर्दै खाद्यन्न वितरण थालेको कौवाई सामुदायिक वन उपभोक्ता समुहका सचिव राजकुमार कार्कीले बताउनुभयो ।
लामो लकडाउनले खाद्यान्न संकट भोग्नथालेको उपभोक्ताहरुले राहतद पाउदा खाध्य अभाव टरेको बताएका छन् । घरदेखि बाहिर निस्कन नपाएको अवस्थामा घरघरमै रासन पाउदा सुरक्षित संगै खाने व्यवस्थाभएको उपभोक्ता समिर मगरले बताउनुभयो ।
त्रियुगानगरपालिका–७ कौवाईस्थित कौवाई सामुदायिक वनउपभोक्ता समुह र पश्चिम खहरे सामुदयिक वन उपभोक्ता समुहले आआप्mनो विपन्नवर्गका १ सय ९९ सय परिवारलाई राहतवितरण गरेको हो । विपन्न नागरिकहरुलाई चामल, दाल, नुन र तेल वितरण गरेको हो ।
जनप्रतिनिधि, वनकार्यालय, बन महासंघका प्रत्यक्षनिगरानीमा समुहले राहतवितरण गरेको हो । जिल्लाकाअन्य समुहहरुले पनि खाद्यान्नवितरण गर्दैरहेको छ भने बाँकीरहेकाहरुले पनिवितरण गर्ने तयारी रहेको सामुदायिकवनउपभोक्ता समुह महासंघ, उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताउनुभयो ।
बन समुहले उपभोक्तालाई खाद्यन्न वितरण गरेपछि नगरपालिकाको राहतवितरणमा टेवापुगेको त्रियुगानगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । उहाँले लकडाउन अझबाँकी रहेको र कोरोनो भाइरस संक्रमणको जोखिमकायमै रहेकाले आगामीदिनमापनि पर्न सक्ने खाद्य संकटलाई ध्यान दिइ आगामीदिनमा पनि राहत वितरण गरिने बताउनुभयो । अहिलेको विशेष परिस्थितिमा बन समुहले खाद्यन्नवितरण गर्नु समुहको आम्दानीको रकम सदुपयोग भएको वनकार्यालयको प्रतिक्रिया छ ।“अहिलेको विषम् परिस्थितमा बन समुहले आप्mनो उपभोक्तालाई भोको पर्न नदिनु बनको आम्दानीबाट आएको रकमको सदुपयोग हो ।” डिभिजन वनकार्यालय गाईघाटका प्रमुखअम्बिका प्रसाद पौडेलले बताउनुभयो । बन समुहहरुमा रहेका रकमहरु अहिलेलाई अन्यखर्चमानसक्ननिर्देशनदिइआवश्यक परेको खण्डमा लकडाउनको बेलाखाद्यन्न संकट टार्नमै प्रयोग गर्ने संयन्त्रतयार भइरहेको उहाँले बताउनुभयो ।