दार्चुला, वैशाख ३ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तिखेधारमा चट्याङ पर्दा ७ वर्षीय वालिका लक्ष्मी खातीको मृत्यु भएको छ । हिजो राती ९ः३० बजे परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
चट्याङबाट भद्र खातीकी ५० वर्षीय श्रीमती सिता खाती, ३० वर्षीय छोरा बिष्णु खाती, २४ वर्षीय बुहारी अनिता खाती र अढाइ वर्षीय छोरी मञ्जु खाती घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । घाइतेहरुको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
अमर खातीको एउटा भैँसी, रमेश लुहारको एउटा बाख्रा र कैले ठगुन्नाको एउटा गाईको समेत मृत्यु भएको छ । झण्डै पाचँ परिवारको घर गोठमा परेको चट्याङले गाउँ नै त्रसित बनेको स्थानीयले बताएका छन् ।