अमरराज नहर्की
तनहुँ, वैशाख ३ गते । कोरोना भाईरस कोविड–१९ को शङ्कास्पद विरामीको उपचारको लागि मद्धत पु¥याउन तनहुँमा २३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । तनहुँका चार नगरपालिका र छ वटा गाउँपालिकाका गरी १० वटै स्थानीय तहले सेवा पाउने गरी उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ ।
सबै एम्बुलेन्सका चालकलााई भाईरस सङ्क्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) दिईएको छ । पिपिइ नहुँदा चालक काम गर्न हच्किएकाले स्थानीय तहको सहकार्यमा सबै चालकलाई पिपिए प्रदान गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार नगरपालिकाहरु व्यासमा ५, शुक्लागण्डकीमा ४, भिमादमा २, भानुमा ४ वटा गरी १५ वटा तयारी अवस्थामा छन् । देवघाट, बन्दीपुर, म्याग्दे, घिरिङ र रिसिङ एक÷एक वटा र आँबुखैरेनी गाउँपालिकामा ३ वटा एम्बुलेन्स गरी गाउँपालिकामा आठ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेका छन् ।
पिपिई नहुँदा चालकले काम गर्न नमानेको अवस्थामा पाएपछि सहज रुपमा काम भईरहेको दमौली स्थित नेशनल एपोलो हस्पिटलका सञ्चालक चुडामणी दाहालले जानकारी दिनुभयो । व्यास नगरपालिकाले उक्त अस्पताललाई पिपिई सहयोग गरेको थियो । तनहुँमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई १८५ वटा पिपिई प्रदान गरिसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा थर्मल गन रहेको छ । करेन्टाईनमा १७६ जना छन् । आइसोलेशन वाड ४२, हेल्पडेस्क ५६ वटा राखिएको छ ।
।