प्रेमराज सिम्खडा
कालीकोट वैशाख ३ गते । कालीकोटको राष्कोट नगरपालिका भित्रका एक हजार ७० विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको छ । आईतवार ५३६ परिवार र सोमवार ५३४ जना गरी जम्मा १०७० घर परिवारलाई राहत स्वरुप चामल र नगद रकम वितरण गरिएको छ ।
एक महिना लामो समय देखी लकडाउनका कारण घरमै वस्न वाध्य भई विहान वेलुकी हातमुख जोड्न गाह्रो भएका अति विपन्न परिवारलाई राष्कोट नगरपालीकाको समन्वय, प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा राहत बितरण गरिएको हो । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वरालले राहत वितरणका लागि स्थानीय गैरसरकारी सँस्था हुरुण्डेक नेपाल ,किर्डाक नेपाल र सादा नेपालले सहजिकरणको भुमिका खेलेको वताउनुभयो ।
उहाँले आईतवार नगरकै सहयोगमा ५३६ घरपरिवारलाई ३ हजार वरावरको चालम दाल, नुन र तेल वितरणको र सोमवार २ हजार ७३० रुपियाँ नगदै हस्तान्त्रण गरेको वताउनुभयो । विपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं २ का वडा अध्यक्ष दयाराम सिम्खडाले दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्न गाह्रो भएका विपन्न नागरिकलाई पटक पटक राहत वितरण गरिने वताउनुभयो । उहाँले सुरुको राहत वितरणमा केही ढिलाई भएपनि नगरले विपन्न नागरिकहरुको समुह निधारण गरेर राहत वितरण सुरु गरेको वताउनुभयो । अध्यक्ष सिम्खडाले राहत वितरण क समुह वाट सुरु गरेर घ समुहमा सम्म पुगेर सकिने वताउनुभयो ।
विपन्न परिवारलाई क्रमस क, ख, ग र घ समुहमा राखिएको छ । अति विपन्न समुह क मा परेका छन ।
नगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद आचार्यले नगरपालीका भित्रका नागरिकलाई लकडाउन अवधिभर भोकै रहन नदिने वताउनुभयो । हुरुन्डेक नेपालका कोषाध्यक्ष दिलिप कुमार शाहीले प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा नगरका ९ वटै वडाका ५ सय ३४ परिवारलाई राहत वितरण गरेको वताउनुभयो । उहाँले रास्कोट संगै सान्नीत्रिवेणी गाउँपालिकाका भित्रका ५०५ घरपरिवार, नरहरीनाथ गाउँपालिका भित्रका ४ सय ८० घर परिवारलाई प्रति परिवार २ हजार ७३० रुपियाँका दरले नगद नै प्रदान गर्ने वताउनुभयो । कोषाध्यक्ष शाहीले जिन्सी समानमा केही फरक पर्ने भएकाले नगद नै दिन सुरु गरेको सुनाउनु भयो ।