logo
२०८१ मंसिर ११ मंगलवार



स्याङ्जामा कोरोना परीक्षण चार सय एघार पुग्यो, सबै नेगेटिभ

खुला |


स्याङ्जामा कोरोना परीक्षण चार सय एघार पुग्यो, सबै नेगेटिभ


अर्जुन काफ्ले
स्याङ्जा, बैशाख ३ गते । बिश्व भर कोरोना भाइरको महामारी पैलिरहदा स्याङ्जामा थप १०३ जनाको परीक्षण गरिएको छ ।

यहाँको चापाकोट नगरपालिकामा ६५ जना, पेदिखोलामा ३३ जना र वालिङ्मा पाचँ जनाको ¥यापिड टेष्ट गरिएको हो । बिदेशबाट आएकाका युवाहरुको पहिलो चरणमा पिसीआर प्रबिधीबाट टेस्ट गरिएपनि थपको परीक्षण गर्न किटको अभाब भएपछि ¥यापिड टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।

यहाँ ४११ जनाको कोरोना भाइरसको परिक्षण गरिएको र सबै नेगेटिभ परिणाम आएको बताउदै शर्माले अब बिदेशबाट धेरै जना आएका पालिका वालिङ र गल्याङमा परीक्षण पश्चात अन्य पालिकामा गरिने बताउनुभयो ।

यहाँ ३१३ जना ¥यापिड र ९८ जना पिसीआर टेष्ट गरिएको हो भने ¥यापिड टेष्टमा बिदेशबाट आउने र निजका परिवार, केही सुरक्षाकर्मी, जनप्रतिनिधी र स्वास्थ्यकमीले समेत परिक्षण गरेका हुन् । पिसीआर प्रबिधीमा प्रदेशमा तीन जना बढि टेष्ट गरिएको देखिएको बताउदै शर्माले स्याङ्जा ठेगाना भएका अन्य जिल्लाबाट टेष्ट भएको हुन सक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?