logo
२०८१ मंसिर ११ मंगलवार



बैतडीमा २२ वर्षिय युवती आईसोलेसनमा भर्ना

खुला |


बैतडीमा २२ वर्षिय युवती आईसोलेसनमा भर्ना


गोकर्ण दयाल
बैतडी, वैशाख ४ गते । ज्वरो, खोकी र स्वासफेर्न गाह्रो भएपछि बैतडीमा एक २२ विर्षया युवति अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका–३ की चन्द थरकी ती युवतिको सम्पर्कमा रहेका ४५ वर्षिय बुवा र १८ वर्षिय भाइ पनि अस्पतालको छुट्टै बेडमा निगरानीमा राखिएको छ ।

युवतीको रगतको नमुना लिएर द्रूत परीक्षण ( र्यापिट टेस्ट) गर्दा नजिता नेगेटिभ आएपछि खकारसहित स्वाबको नमुना परीक्षणका लागि धनगढी पठाउने तयारी भईरहेको जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बताउनुभयो ।

डाक्टर जोशीले भन्नुभयो,–“ युवतिको र्यापिट टेस्ट गर्दा नजिता नेगेटिभ आएपछि स्वाब परीक्षणको नजिता पर्खिरहेका छौं । ज्वरोको औषधि दिएपछि ज्वरो सामान्य भएको छ । अस्पतालले सोधपुछ गर्दा ती युवतिले एक महिनादेखि खोकी लाग्ने गरेको बताएकी छिन् । घर परिवारले भारतबाट घर परिवारको कुनै पनि सदस्य नआएको जानकारीदिएका छन् ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?