logo
२०८१ मंसिर ११ मंगलवार



बिरामी नबोकेको भन्दै एम्बुलेन्स तोडफोड

खुला |


बिरामी नबोकेको भन्दै एम्बुलेन्स तोडफोड


मुरारी अधिकारी
धादिङ, बैशाख ४ गते । बिरामी जिल्ला अस्पतालसम्म लैजान नमानेपछि धादिङको ज्वालामुखी–३ अमराईमा बुधबार राति एम्बुलेन्स तोडफोड भएको छ । गएराति औषधी तथा औषधीजन्य सामाग्री लिएर मैदी जँदै गरेको एम्बुलेन्स अमराईमा तोडफोड भएको हो ।

र्यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ देखिएका धादिङ ज्वालामुखीकै २७ वर्षीय युवकलाई बोक्न नमान्ने अनि व्यक्तिगत सामान भने बोकेको आरोप लगाउँदै स्थानीयले बुधबार साँझ युवककै घर नजिकै एम्बुलेन्स नियन्त्रणमा लिइ तोडफोड गरेका हुन् । ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीद्वारा सञ्चालित बा २ झ २७२५ नम्बरको एम्बुलेन्समा तोडफोड भएको हो । उक्त एम्बुलेन्स वुुधवार अपरान्ह अन्य विरामी लिएर काठमाडौँं पुगेर राति फर्केको थियो 

फर्कने बेला उक्त एम्वुलेन्सले एक मेडिकल हलको औषधी लिएर फर्कर्दै गरेको थियो । एम्वुलेन्स चालक कृष्णप्रसाद श्रेष्ठले स्थानीयले घेराउगरि व्यक्तिगत सामान बोक्ने तर बिरामी बोक्न नमान्ने आरोप लगाउदैं दक्षिण कोरियाबाट फर्केर आईसोलेसनमा बसेका युवाकै आफन्तले ढुंगा प्रहार गरेका थिए । तत्काल वडाअध्यक्ष रुद्रमान श्रेष्ठको सहजीकरणमा एम्वुलेन्स उद्धार गरिएको थियो । एम्वुलेन्समा सामान्य क्षति पुगेको छ ।

गत मंगलबार ज्वालामुखी गाउपालिकामा भएको र्यापिड टेष्ट गर्दा दक्षिण कोरियाबाट फागुन २० गते आएका एक युवाको रिपोर्ट पोजेटिभ भेटिएको थियो । र्यापिड टेस्टमा पोजेटिभ देखिएका युवालाई ज्वालामुखी गाउँपालिकाका कुनैपनि एम्बुलेन्सले चालकले बोक्न नमाने पछि ती मंगलबार राति मोटरसाइकल चलाएर आफै जिल्ला अस्पताल ले स्थापना गरेकोआइसोलेसनमा आएका थिए ।

धादिङको ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा प्राईभेट गरी ४ वटा एम्बुलेन्स छन् । सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको गरिदिने निर्णय समेत गरेको छ । डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सुरक्षाकर्मीको विमा हुने र उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निशुल्क उपलब्ध गराउने निर्णय समेत गरेको छ । तर धादिङमा सरकारी एम्बुलेन्स चालकहरु नै ज्वरो आएका विरामीलाई अस्पतालसम्म पुर्याउन मानि रहेका छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?