logo
२०८१ मंसिर ११ मंगलवार



जुम्लाका सबै स्थानीय तहमा -यापिड परीक्षण

खुला |


जुम्लाका सबै स्थानीय तहमा -यापिड परीक्षण


जुम्ला समाचारदाता
खलङ्गा वैशाख ४ गते । जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएकाहरुको ¥यापिड डाइगोनोस्टिक टेस्टस्वास्थ्यकर्मीको टोलीले शुरु गरेको छ । यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको कोरोना भाइरसको आरडीटी गर्न थालिएको हो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर द्रुत निदानात्मक परीक्षण भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका ल्याव टेक्नेसिएन मौसम गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो दिन तातोपानी र तिला गाउँपालिकाका गरेर ५० जनाको ¥यापिड टेस्ट गरिएको थियो । सबै जनाको रिपोर्ट नेगेटिभ देखिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

गाउँमा आएर स्वास्थ्यकमीको टोलीले (यापिड टेस्ट गर्न थालेपछि स्थानीय खुसी छन् तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने एक महिना अघि सम्म विदेशबाट आएकाहरुको (यापिड टेस्ट गरिएको थियो । एक जना मलेसिया र ३६ जना भारतबाट आएकाको (यापिड टेस्ट गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

मंङ्गलबार (यापिड टेस्ट गरेका सबै क्वारेन्टाइनमा बसेका होइनन तर विदेशबाट आएका हुन सबैको (यापिड टेस्ट गरेर मनभित्रको खुलदुली मेटाइदिएको गाउँपालिकाले जनाएको छ । यसअघि तातोपानीका ३५ जनाको स्वाब परिक्षण गरेर रिर्पोट नेगेटिभ आइसकेको थियो ।

तातोपानीका ६ वटा स्वास्थ्य संस्थामा ६। ६ का दरले २४ वटा पिपिई सेट उपलब्ध गराइएको छ । यसैबीच जिल्लाको तिला गाउँपालिकामा पनि विदेशबाट आएकाहरुको (यापिड टेस्ट गरिएको छ । यहाँका १३ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले जानकारी दिनुभयो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका ल्याव प्राविधिक मौसम गिरीले जिल्ला भर विदेशबाट आएकाहरुको (यापिड टेस्ट गरिएको जानकारी गर्दै दोस्रो चरणका जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा (यापिड टेस्ट हुने भएकोले स्वास्थ्यकर्मीको टोली बुधवार नै त्यस तर्फ प्रस्थान गर्नेछ । तेस्रा चरणमा जिल्लाको पातारासी र गुठिचौर गाउँपालिकामा विदेशबाट आएकाहरुको (यापिड टेस्ट हुनेछ । एक साता भित्रमा यहाँका सबै स्थानीय तहमा (यापिड टेस्ट गरेर सकिने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
यस अघि तीन सय २४ जनाको हेलिकोप्टर मार्फत स्वाब संकलन गरि काठमाण्डौ पठाईएको सवैको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?