ओखलढुंगा समाचारदाता
ओखलढुंगा, बैशाख ४ गते । विश्व कोरोना भाइरसको त्रासमा रहेको बेला ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १ मा खानेपानीको हाहाकार भएको छ । सुख्खा समय लागे संगै पानीका मुहानहरु सुकेका कारण वडा नं. १ को कुडुलेमा खानेपानीको समस्या भएको हो ।
सिद्धिचरण नगरपालिका १ का १ सय ८० घरधुरीमा खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । गाउँमा एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने स्थानीयको बाध्यता रहेको छ । गाउँमा यस्तो समस्या वर्षौदेखि बेहोर्दै आइरहेको भएपनि कोरोना संक्रमणको त्रासमा रहेको गाउँ बस्तुभाउ त परै जाओस् मानिसले खाने पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले स्थानीयलाई सताई रहको स्थानीय शिक्षक बीरबहादुर कटुवालले बताउनु भयो ।
गाउँबाट करिब पाँच किलोमिटर टाढा रहेको अँधेरी खोलाबाट ल्याएको पानीको पनि मुहान सुके पछि यतिबेला पानीको समस्या भएको र एक गाग्री पानी ल्याउन दिनभरी लाग्ने उहाँको भनाई छ । कुडुलेका १ सय ८० परिवारलााई खानेपानी धौ धौ परि रहेको अवस्थामा कपडा धुन, नुहाउन खोला मै धाउनु पर्ने अवस्थारहेको छ । अहिले जेनतेन एक परिवारलाई दैनिक दुई गाग्री पानी वितरण गरी रहेको नगरकार्यपालिका सदस्य सर्मिला कटुवालको भनाई छ ।
पछिल्लो समय एक गाग्री पानीका लागि रातभर जाग्राम बस्नुपर्ने हुन्छ, जो पहिले कुवामा जान्छ उसलाई मात्र पानी पुग्छ, धारामा रातभरी बस्दा पनि पानी पाईन छाडेको छ । शौचालय जाँदासमेत पानी नहुने भएका कारण गाउँ नै त्रासमा रहेको स्थानीय राजु कटुवालले बताउनु भयो । कोरोना संक्रमणको त्रासम सरकारले लकडाउन गरेको यो समयमा हरेक पटक बाहिर जाँदा साबुन पानीको प्रयोग गर्नु भनिइको भए पनि खाने पानीको धौ धौै भएको यो अवस्थामा आफहरुले खातधुन पानी कहाँबाठट ल्याउनु न स्थानीय सरकारले कुरा बुझि दिन्छ नत पाीको मुहान छ भन्दै उहाँले स्थानीय सरकार संग प्रतिनिधिमुलक आक्रोश पोख्नु भयो ।
गाउँमा वषौंदेखि खानेपानीको हाहाकार हुँदा पनि कसैले सम्बिन्धि निकायले कुनै वास्ता नगरेको उहाँले बताउनु भयो । खानेपानीको व्यवस्था गरिदिन नगरपालिका लगायत सबै ठाउँमा धाइयो, तर कहीँ कतैबाट पनि आफ्नो समस्या समाधान हुन नसकेको उहाको भनाई छ ।
छिपछिपे मुहान गरी करिब ३० किलोमिटर टाढाबाट खानेपानील्याउने काम भई रहेको भए पनि एउटा टोललाई खानेपानीको अभाव भई रहेको सिद्धिचरण नगरपालिका नगर कार्यपालिका सदस्य सर्मिला बटुवालको भनाई छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको ४ करोड बढी आर्थिक अुदानमा खानेपानी ल्याउने काम भई रहेकोे भए पनि एउटा टोललाई खाने पानी नदिने गरी उपभोक्ता समितिले पानी संकलन गर्ने ट्याङ्की बनाउन लागेको हुँदा आफुलाई दुःख लागेको उहाँले बताउनु भयो । यता छिपछिपे निशंखे खाने पानी उपभोक्ता समितिका अध्यक्ष पुष्प श्रेष्ठ भने एउटा टोललाई अँधेरी खोलाको पानी छाडेर नया खानेपानी वडा नं. १ र २ का तल्लो भेगका लागि लगिने भए पनि कुँडुलेका केही घर भन्दा अरु सबैलाई सोही पानी प्रयोग दिईने भएको हुँदा उपभोक्ताहरुलाई नअतालिन अनुरोध गर्नु भएको छ ।