logo
२०८१ मंसिर ११ मंगलवार



कोरोना रोकथाम तथा उपचार कोषबाट स्थानीय तहलाई १३ करोड ६७ लाख

खुला |


कोरोना रोकथाम तथा उपचार कोषबाट स्थानीय तहलाई १३ करोड ६७ लाख



शिवकुमार काशी
हेटौँडा, बैशाख ४ गते । बागमती प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम, उपचार, राहत तथा पूर्व तयारीका लागि १३ वटै जिल्लाका स्थानीय तहमा १३ करोड ६७ लाख रुपियाँ पठाएको छ ।
बागमती प्रदेश कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकममध्ये जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिका र गाउँपालिकातहमा गठित विपद व्यवस्थापन कोषमा रकम पठाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयकी लेखा अधिकृत रमा कार्कीले बागमती प्रदेश सरकारले गरेको निर्णय बमोजिम स्थानीय तहहरुलाई रकम पठाइएको बताउनुभयो ।

बागमती प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णयले महानगरपालिकामा गठित विपद व्यवस्थापन समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरपालिकालाई १२ लाख, गाउँपालिकालाई १० लाख र जिल्ला समन्वय समितिस्तरीय विपद् व्यवस्थापन समितिलाई ५ लाख रुपियाँ पठाउने निर्णय गरेको थियो । बागमती प्रदेशमा तीनवटा महानगरपालिका, एउटा उपमहानगरपालिका, र ७४ वटा गाउँपालिका र १३ वटा जिल्ला समन्वय समिति रहेका छन् ।

सुरुमा बागमती प्रदेश सरकारले चैत चैत ११ गतेको मन्त्रीपरिषदको निर्णयबाट प्रदेशभरमा कोरोना संक्रमण नियन्त्रणका लागि १० करोड रुपियाँको कोष स्थापना गरेको थियो । पछि सोही कोषमा ४० करोड थपेर स्थानीय तहमा समेत बजेट पठाएर व्यवस्थित ढंगले कोरोना जाँच, क्वारेन्टाइन निर्माण, आइसोलेसन वार्ड निर्माण लगायत काममा लगाउने निर्णय गरेको थियो ।
कोषमा मन्त्रिपरिषदका सदस्यहरुले एक महिनाको तलव, राजनीतिक नियुक्ति पाएका पदाधिकारीको १० दिन, प्रदेश योजना आयोगका पदाधिकारीहरुको १ महिनाको तलब तथा निजी क्षेत्रको तर्फबाट प्राप्त रकम संकलन गरिएको छ । हालसम्म निजी क्षेत्रको तर्फबाट १ करोड बढी रकम संकलन भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । कोषमा सबैभन्दा बढी

रकम भाटभटेनी सुपर मार्केटले २५ लाख रुपियाँ सहयोग गरेको छ । अन्य विभिन्न बैँकहरुले पनि सहयोग गर्ने क्रम चलिरहेको छ । बामगती प्रदेश सरकारको मन्त्रीपरिषदबाट चैत १६ गते स्वीकृत भएको बागमती प्रदेश कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष २०७६ बमोजिम कोषको रकम खर्च भइरहेको बागमती प्रदेश सरकारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?