स्याङ्जा समाचारदाता
स्याङ्जा, बैशाख ५ गते । कोरोना भाइरसको बिश्वभर महामारी फैलिरहदाँ स्याङ्जा जिल्ला भने सुरक्षित देखिएको छ । बिदेशबाट आउने तथा निजका परिवारको कोरोना परीक्षणमा सबैको नेगेटिभ देखिएपछि जिल्ला सुरक्षित देखिएको हो ।
यहाँ पुतलीबजारमा दुई, फेदिखोलामा १५, चापाकोटमा १९, वालिङमा १३, कालिगण्डकीमा २०, गल्याङ ११ । आधिखोलामा १६ जनाको पिसीआर टेष्ट गरिएको हो ।
यस्तै अर्जुन चौपारीमा ५१, बिरुवमा २८, भिरकोटमा ४०, पुबनपामा ४१, हरिनाशमा ४४, फेदिखोलामा ३३, चापाकोटमा ७७, वालिङमा ८४, गल्याङ ४२ र आधिखोलामा १४ जनाको आरडिटी गरिएको जिल्ला स्वास्थ्य प्रमुख याम प्रसाद शर्माले जनाकारी दिनुभयो ।
शुक्रबारसम्म स्याङ्जामा पिसीआर प्रबिधीमा ९८ जना र ४५४ जनाको ¥यापिड डाइनोस्टिक टेष्ट गरी कुल ५५२ जनाको टेष्ट गरिएकोमा सबैको नेगेटिभ आएको हो ।
पहिलो चरणमा पपिसीआर, दोस्रो चरणमा ¥यापिड टेष्ट यहाँका ११ पालिकामा गरेको बताउदै प्रजिअ रामबहादुर कुरुङबाङले अब बाकी रहेकालाई तेस्रो चरणमा घर घरमा पुगेर टेष्ट गर्ने योजना बनाएको बताउनुभयो ।
बिदेशबाट आउने, निजका परिवार र शंकासपद गरील छ सय २४ को टेष्ट गर्ने गरी अगाडी बढेको बताउदै प्रजिअ कुरुङबाङले छुटेका धेरै चैत्र २ गते र ३ गते आएका रहेको बताउनुभयो ।
सबैको टेष्ट गर्ने र स्याङ्जालाई कोरोना भाइरस मुक्त गर्ने लक्ष्य बनाएको प्रजिअ कुरुङबाङले बताउनुभयो ।
सुरुमै जिल्लामा गरिएको सर्तकताले अहिले सम्म कुनै संक्रमित नदेखिएको बताउदै कुरुङबाङले जिल्ला छिर्नेलाई कडा सर्तकता अहिले पनि रहेको बताउनुभयो ।