logo
२०८१ मंसिर ११ मंगलवार



रियल टाइम पीसीआर मेसिनका लागि पाँच सय थान किट आयो

खुला |


रियल टाइम पीसीआर मेसिनका लागि पाँच सय थान किट आयो


सिराज खान
नेपालगञ्ज, बैशाख ५ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालन गरिन लागिएको कोरोना परिक्षणको रियल टाइम पीसीआर मेसिनमा परिक्षणका लागि चाहिने ५०० थान किट र २५ सेट पीपीई शुक्रवार नेपालगञ्ज आइपुगेको छ ।


किटको अभावले गर्दा रियल टाइम पीसीआर मेसिन सञ्चालनमा आउन ढिलाई भैरहेकोले प्रयोगशाला सञ्चालनका लागि जनताको दबाव बढ्दै गएकोले बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराज अथकको पहलमा राजधानीबाट ससो सामााग्री नेपालगञ्ज पठाईएको थियो ।

हाल काठमाण्डौमा रहनु भएका सांसद अथकले स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्य मन्त्री र स्वास्थ्य विभागका महानिर्देशकलाई दबाव दिएर ती समाग्रीहरु पठाउन लगाएको बताउनु भएको छ ।
उहाँले परिक्षणका लागि चाहिने सामाग्री पुगेकोले बैशाख ६ गते शनिवारबाट कोरोनाको पीसीआर मेसिनबाट परिक्षण शुरु गरिने बताउनु भयो । संघिय सरकारले शुरुमा पीसीआर मेसिन नेपालगञ्ज पठाउने बताएपनि पछि नेपालगञ्ज नपठाई बुटवल पठाएको थियो ।

स्थानीयको व्यापक विरोध र मागपछि प्रदेश सरकारले नेपालगञ्ज र दांगमा सो प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम यहाँ पीसीआर मेसिन जडानको प्रक्रिया शुरु भएको थियो । तर, काठमाण्डौबाट किट नपठाईंदा परिक्षण शुरु हुन सकेको थिएन ।

अब शनिवारबाट सो प्रयोगशाला सञ्चालनमा आउने भेरी अस्पतालले जनाएको छ । सो प्रयोगशाला सञ्चालनमा आएपछि कोरोना परिक्षणमा निकै सहज हुने भेरी अस्पपतालका प्रमुख डा. प्रकाश थापाले बताउनु भयो ।

यसैविच राज्य व्यवस्था तथा सुशासन समितीका सदस्य समेत रहनु भएका सांसद अथकले राजधानी लगायत विभिन्न ठाउँबाट अत्याधिक जोखिम मोलेर पैदल गन्तव्यतर्फ हिंडेका मजदुरहरुको बारेमा सरकारले महत्वपूर्ण निर्णय गर्नु पर्ने बताउनु भएको छ ।
उहाँले लकडाउनको २३ दिन पुरा गरिसकेका मजदुरहरुलाई कि त सरकारले उनिहरु बसेकै ठाउँमा ढुक्कसंग बस्ने वातावरण बनाउनु परयो अन्यथा उनिहरुलाई गन्तव्यतर्फ पुरयाउनु पर्ने बताउनु भयो ।

यसरी बाटोमा जोखिम मोलेर हिडिरहेका मध्ये कतिपय हिड्न नसक्ने समेत देखिएकाले अर्कै दुर्घटना समेत हुनसक्ने हुँदा यसतर्फ सरकार सचेत हुनैपर्ने उहाँले बताउनु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?