logo
२०८१ मंसिर ११ मंगलवार



स्याङ्जामा पीपीई र थर्मलगनको प्रयाप्त, तनहुँलाई पीपीई सहयोग

खुला |


स्याङ्जामा पीपीई र थर्मलगनको प्रयाप्त, तनहुँलाई पीपीई सहयोग


स्याङ्जा समाचारदाता
स्याङ्जा, बैशाख ६ गते । कोरोनाको महामारी पैmलिरहदाँ आवश्यक स्वास्थ्य सामग्रीहरु धेरै ठाउँमा अभाब देखिदाँ स्याङ्जामा भने प्रयाप्त देखिएको छ । यहाँ पीपीई, थर्मल गन, माक्स, सेनिटाइजरको अभाब नरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो । उहाँले कोरोनाको प्रकोप पैmलिएको पहिलो चरणमा यहाँ स्वास्थ्य सामग्रीको अभाब रहेपनि अहिले प्रयाप्त रहेको बताउनुभयो ।

यहाँका ११ पालिकाका ३३२ जना स्वास्थ्यकर्मी र ११ वटा एम्बुलेन्स चालकलाई एक एक वटा पीपीई ब्यवस्था गरिएको छ भने पालिका मध्ये वालिङ् र गल्याङमा ५४÷५४ थान, फेदिखोलामा २८, आधिखोला र हरिनाशमा २७÷२७ थान, कालिगण्डकीमा २६ थान, पुबनपा र बिरुवामा २५÷२५ थान, भिरकोट २० थान, अर्जुन चौपारी र चापाकोटमा १५÷१५ थान स्टक गरी कुल ३१६ थान स्टक रहेका छन् ।

जिल्लमा भित्रिएका ९३४ थान पीपीई मध्ये ६५४ थान बिपत ब्यवस्थापन मातहतबाट बितरण गर्नुका साथै स्टक रहेका छन् भने थप पीपीई पालिकाले खरिद गरेका हुन् । यस्तै थर्मन गन रहेक पालिकामा कम्तिमा दुई वटा र बढिमा १२ वटा सम्म रहेका छन् ।

गल्याङ् नगरपालिकामा १२ वटा, फेदिखोलामा पाचँ वटा, वालिङ, पुबनपा, भिरकोटमा चार चार वटा, अर्जुन चौपारी, बिरुवा र कालिगण्डकीमा तिन तिन, हरिनाश र आधिखोलामा दुई दुई वटा तथा आर्मीसगँ एक वटा थर्मल गन रहेका छन् ।  जिल्लामा रहेका ७८ थर्मल गन मध्ये ४२ वटा पालिका, एक वटा नेपाल आर्मीलाई
बाढिएको छ भने ३५ वटा स्टक रहेको प्रजिअ कुरुम्बाङले बताउनुभयो ।

उहाँले गल्याङ्का १० वटा र फेदिखोलाका तिन वटा पालिकाले आफै किनेको हो भने अन्य बिपत ब्यवस्थापन समिति मार्फत ब्यवस्थापन गरिएको हो ।
अहिलेको अवस्थामा पीपीई आवश्यक भन्दा बढि भएकालेले छिमेकी जिल्ला तनहुलाई ५० थान सहयोग गरेको बताउदै कुरुम्बाङले माक्स तथा सेनिटाइजर पनि आवश्यक भन्दा बढि रहेको बताउनुभयो ।  मन्त्री, सांसद, सहयोगीहरुको प्रासयमा जिल्लामा कोरोना भाइरसको उच्च सर्तकता र सामग्री ब्यवस्थापन गरिएको बताउदै कुरुङबाङले स्वास्थ्य सामाग्रीको लागि चिन्तित हुनु नपर्ने बतउानुभयो ।

शुरुवाती अवस्थामा स्वास्थ्य सामाग्रीको अभाबमा दुख पाएको बताउदै अर्जुन चौपारीको स्वास्थ्य प्रमुख इश्वर केसीले ज्वरोका बिरामीलाई थर्मोमिटर दिएर नाप्ने काम गरेको र पीपीइ नहुदाँ रेनकोट प्रयोग गरेको बताउनुभयो । अहिले थर्मन गन र पीपीईको कुनै अभाब नभएको बताउदै केसीले कर्मचारीमा समेत हार्षिद मुद्रामा काम गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?