logo
२०८१ मंसिर १२ बुधवार



ठप्प पर्यटकीय स्थल, संकटमा होटल व्यवसाय

खुला |


ठप्प पर्यटकीय स्थल, संकटमा होटल व्यवसाय


ओखलढुंगा, बैशाख ६ गते । यतिबेला जिल्लाका होटल तथा पर्यटकीय स्थान सुनसान भएका छन् । कोरोना भाइरस (कोभिड(१९) को सन्त्रासपछि सरकारले गरेको लकडाउनका कारण पर्यटकीय स्थल तथा होटलहरु सुनसान भएका हन् ।

हरेक साल यो समयमा भरिभराउ हुने जिल्लाका पर्यटकीयस्थलहरु पोकली झरना, देम्वा डाँडा, चम्पादेवीको ककनी, सोलु–ओखलढुंगाको सिमानामा रहेको पत्तालेडाँडा, मानेभञ्ज्याङको केतुकेमा रहेको शहिद स्मृतिपार्क, लिव्जु, चिसंखुगढीको कोटगढी, रातमाटे झरना, मोलुङको सेफ्ली झरना, जलेशवर मन्दिर, लिखुको ऐतिहाँसिक नर्मदेश्वर मन्दिर, रामलक्ष्मण पाईला, लगलगे भ्युटावर, रुम्जटार तथा जिल्ला सदरमुकाम अहिले सुनसान अवस्थामा रहेका छन् । आन्तरीक तथा बाह्य पर्यटकको आगमन नभएपछि होटल व्यवसाय बन्द भएका छन भने होटलबाट हुने दैनिक लाखौं बढीको कारोबार समेत ठप्प भएको व्यवसायीहरु बताउँछन् ।

ओखलढुंगा हाहेटल व्यवसायि संघ ओखलढुंगाका अध्यक्ष खगेन्द्र राईले द्वन्द्वको लामो समय दलदलमा परेको होटल व्यवसाय पछिल्लो समयमा केही राम्रो हुँदै आए पनि अहिले फेरि कोरोना भाइरसको सन्त्रासले थप मारमा परेको बताउनु भयो । सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवधारणा ल्याएपछि अब चाहिँ केही होला कि भनेर उत्साहका साथ होटल व्यवसायलाई थप व्यवस्थित गर्दै लगिरहेको अवस्थामा कोरोना सन्त्रासले अर्को संकट नित्याएको उहाँको भनाइ छ । कोरोना संक्रमणको सन्त्रास भएका ारण जिल्लाका सबै पर्यटकिय स्थानहरु सुनसान रहेका छन् ।

यो समय पर्यटकहरको ुईचो लाग्ने पोकली झरनामा यो साल पर्यटकहरको आवागमन नै नभएको पोकलीका स्थानीय होटल व्यवसायि ठाकुर मिीरेले बताउनु भयो । धेरै लगानी गरेर व्यवसायलाई आगाडि बढाएँ तर यो सन्त्रासले गर्दा ठूलो मारमा परेको उहाँको भनाई छ । पोकली झरना नजिकै होमस्टे (घरवास) संचालन गरेर बस्न भएका घिमीरे सरकारले पर्यटन वर्ष २०२० घोषणा गरे पछि उत्साहित भएको भए पनि निरास भएको बताउनु हुन्छ ।

सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार होटलमा लगानी गेका होटल ब्यवसायिहरु अहिले कोरोनाको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत गराएपछि अब लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा रहेका छन् । जिल्लामा होटल व्यवसायि संघमा आवद्ध १ सय ३० बढी होटल रहेकाभए पनि यो समय होटलहरु बन्द भए पछि दैनिक हुने लाखौंको कारोबार समेत बन्द भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?