logo
२०८१ मंसिर १२ बुधवार



५ सय १५ जनाको परीक्षण

खुला |


५ सय १५ जनाको परीक्षण


सल्यान समाचारदाता
सल्यान, वैशाख ६ गते । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रम परीक्षण सुरु भएसँगै सल्यानमा ५सय १५ जना परीक्षण गरिएको छ ।

द्रूत परीक्षण किट अर्थात ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट कोरोना भाइरसको एन्टी बडी परीक्षण गर्दा ५सय १५ जनाको नेगेटिभ रिपोर्ट आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन वुढाले चैत १ गते यता भारत सहित तेस्रोमुलुकबाट आएका सबैको परिक्षण शुरु गरिएको बताउनुभयो । उहाका अनुसार अहिलेसम्म कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका ,शिद्धकुमाख, छत्रेश्वरी, कुमाख र त्रिवेणी गाउँपालिकामा परीक्षण गरिएको हो ।

कपुरकोट गाउँपालिकामा ३६ जनाको कोरोना भाइरसर्को यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) भएको छ । यस्तै दार्मा गाउपालिकामा २ सय १० जनाको आरडिटी टेष्ट गरिएको छ भने त्रिबेणी गाउपालिकामा १६ जनाको आरडिटी टेष्ट गरिएको छ । शिद्धकुमाख ५१, कुमाख ११३ र छत्रेश्वरी गाउँपालिमाका ६८ जनाको दु्रत परीक्षण गरिएको छ । कालिमाटीमा गाउँपालिकाको क्वारेन्टीनमा रहेका ब्यक्ति २० जनाको परिक्षण गरिएको छ । यस्तै जिल्ला अस्पताल सल्यानमा ४ जनाको टेष्ट गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यसैविच हालै श्रीलंकाबाट फर्किएका कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको पर्नि यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । उहाँको पनि रिपोर्ट नेगेटिभ आएको छ ।
किट अभाव हुदा द्रुत परिक्षण रोकियो

यसै विच सल्यानमा द्रुत परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव भएको छ । जिल्लामा ६ सय कीट उपलब्ध भएकोमा भारत लगायत अन्यमूलुक वाट आएका ८ सय वढी ब्यक्ति घरफर्किएकाले कीट अपुग भएको छ । किट अभाव हुदा शारदा नगरपालिका र बागचौर नगरपालिका ,वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण रोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अजुर्न वुढाले कीट को अभावमा तत्कालका लागि परीक्षण रोकिएको बताउनुभयो । उहाका अनुसार प्रदेशमा आवश्यक पर्ने किट माग गरेको र प्राप्त भएपछि द्रुत परीक्षण गरिने छ ।

सुर्खेत पठाएका सवै स्वावको नतिजा नेगेटिभ
यहाँ वाट कोरोना भाईरस संक्रमण भए नभएको परिक्षणका लागी पठाएका ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पताल सल्यान तथा बिभिन्न स्थानिय तहमा स्वाव संकलन गरी परिक्षणका लागि सुर्खेत प्रयोगशालामा पठाइएका सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । उहाका अनुसार चैत १ गते यता तेस्रोमुलकबाट आएका सबै र भारत तथा अन्तरजिल्ला बाट आएका तर लक्षण देखिएका ४० जनाको स्वाव संकलन गरेर परिक्षणका लागी सुर्खे त प्रयोगशालमा पठाईएको हो । सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

यस अघि जिल्लाबाट पठाएका ३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो । सल्यानमा अहिले ४३ जनाको स्वाब परीक्षण गरिएकोमा सबेको रिर्पोट नेगेटभ नै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?