logo
२०८१ मंसिर १२ बुधवार



शनिबार पनि सबै स्वास्थ्य संस्था खुला

खुला |


शनिबार पनि सबै स्वास्थ्य संस्था खुला



हुम्ला समाचारदाता
सिमकोट वैशाख ६ गते । जिल्लाको खार्पुनाथ गाउँपालिकाले अबदेखि शनिबार पनि पालिका भित्रका सबै स्वास्थ्य संस्था खुला राख्न सुरु गरेको छ । अहिलेको महाब्याधीका बेला सेवाग्राहीलाई उपचारमा सहजता हो भन्नका लागि शनिबार पनि स्वास्थ्य संस्था खुला गरेको हो ।

वडा नम्बर ४ को नल्नका स्थानीय रण बहादुर शाहीलाई बिरामी हुदा शनिबार स्वास्थ्य चौकी खुला भएपछि उपचार गर्न सजिलो भएको थियो । राती एक्कासी रिबामी हुनु भएका उहाँले उपचार गर्न स्वासथ्य चौकी जानु रहेको थियो । उहाँ मात्र होइन शनिबार खुला रहेका आफ्नो वडाका स्वास्थ्य चौकीमा उपचार गर्न पाउनु भएको छ ।

स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले स्वास्थ्यकर्मी सहित शनिबार पनि स्थास्थ्य संस्था खुला राख्न सुरु गरेको बताउनुभयो । खार्पूनाथ गाउँपालिकामा एक वटा अस्पताल र चार वटा स्वास्थ्य चौकीहरु रहेका छन् । संयोजक शाहीका अनुसार स्वास्थ्य संस्था खुला रहेपछि शनिबार गाउँपालिका भरिका स्वास्थ्य संस्थामा ३० जना भन्दा बढी बिरामीहरु उपचारका लागि आउनु भएको थियो । अहिलेको महामारीको त्रासका बेला जतिखेर पनि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको आबश्यकता पर्ने बताउदै उहाँले अब पालिकाका सबै स्वास्थ्य संस्था ३६५ दिननै खुला रहने बताउनुभयो । अहिले झन जतिबेला पनि बिरामीको उपचार गर्नुपर्ने भएको कारण स्वास्थ्य संस्था खुला गर्नु परेको पालिकाले जनाएको छ ।

यसैबिच स्वास्थ्य सेवा कार्यालय हुम्लाले कार्यालयमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुलाई चौबीसै घण्टा डयुटीमा रहन निर्देशन जारी रहेको छ । यो अबधिमा चिकीत्सक तथा स्वास्थ्यकर्मीहरु बिदामा बस्न नपाईने सबैले तोकिएको ड्युटीमा बस्नु पर्नेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?