सञ्जय कुमार मिश्र
गौर,बैशाख ६ गते । कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा संक्रमण फैलिन नदिन उद्येश्यले रौतहटको गरुडा नगरपालिकाले नगरक्षेत्र प्रवेशमा रोक लगाएको छ ।
गरुडा नपा भित्र प्रवेश गर्ने १७ वटै बाटो बन्द गरिएको तथा नगरक्षेत्रको प्रवेश द्धारहरुमा स्वयंसेवक तथा प्रहरी खटाई उच्च निगरानी बढाइएको छ ।
नगरक्षेत्रमा लुकीछिपी प्रवेश गर्नेहरुलाई खोजतलास गरी सिधै क्वारेन्टाइन गर्ने गरेको गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले बताउनुभयो । नगर क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरुलाई पूर्णरुपले प्रवेश निषेध गरिएको नगरप्रमुख यादवले जानकारी दिनुभयो ।
गरुडा ४ स्थित उच्च माध्यमिक विद्यालय कवारेन्टाईनमा रहेका ३० जना मध्ये २१जनालाई –यापिड डाइग्नोस्टिक टेस्ट (च्म्त्) परीक्षणमा निगेटिभ आएपछि घर फिर्ता गरिएको गरुडा नगरपालिकाले जनाएको छ ।
भारत लगायत बाहय मुलुकबाट नेपाल आएका क्वारेन्टाईनमा रहेका शंकास्पद २१जना व्यक्तिहरुको परीक्षणमा निगेटिभ आएपछि उनीहरुलाई घरमै एक हप्ता क्वारेन्टाईन बस्ने सुझाव सहित अभिभावकको जिम्मा लगाई घर फिर्ता गरिएको गरुडा नपाका स्वास्थ्य संयोजक जनार्दन मmाले बताउनुभयो ।उहाँले क्वारेन्टाइनमा ९ जना शंकास्पद व्यक्ति निगरानीमा रहेको तथा यसअघि क्वारेन्टाईन फिर्ता गरिएको २जनाको पनि (च्म्त्) परीक्षण गर्दा निगेटिभ आएको स्वास्थ्य संयोजक मmाले जानकारी दिनुभयो ।
विश्वमै महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमणबाट नगरवासीलार्इृ जोगाउन तथा संक्रमण फैलिन नदिन उद्येश्यले गरुडा नपाले नगरका ४३हजार भन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण (स्के्रनिंग) गरेको गरुडा नपाका प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलमले बताउनुभयो ।
कोरेन्टाइन ,हेल्पडेस्कका स्वास्थ्यकमी ,सफाई कर्मचारी ,एम्बुलेन्स चालकलाई पिपिई व्यवस्था गरिएको तथा नगरक्षेत्र भित्रका अतिविपन्न ,गरिब ,ज्यालादारी गर्नेहरुको तथ्यांक संकलन गरी प्रत्येक वडामा राहत स्वरुप खाद्यान्न वितरण कार्य शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत आलमले जानकारी दिनुभयो ।
नगरको ९वटै वडा तथा शहरी स्वास्थ्य केन्द्र शिवनगर गरी १०वटा कोरोना हेल्प डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण गरिएको तथा कोरोना भाईरसबाट बच्ने उपाय सहितको फलैक्स प्रिन्ट स्वास्थ्य संस्था लगायत सार्वजनिक स्थलमा अनिवार्य रुपले राखिएको प्रमुख प्रशासकिय अधिकृत आलमले जानकारी दिनुभयो ।
नगरको स्वास्थ्य संस्था ,कार्यालय ,बजार तथा सार्वजनिक स्थल गरी ६० ठाउँमा सेन्टिलाइजर सहित हाथ धुने साबुन पानीको व्यवस्था गरिएको र वडाध्यक्ष मार्फत प्रति व्यक्तिलाई एउटा मास्क तथा प्रति परिवार २वटासाबुन वितरण लगायत नगर क्षेत्र भित्रको नौ वटा वडामा लामखुट्टे मार्ने औषिधि छर्ने कार्य जारी रहेको प्रमुख प्रशासकिय अधिकृत आलमले बताउनुभयो ।