logo
२०८२ असार ५ बिहीवार



लकडाउनमा शिकार खेल्न जाने १४ जना पक्राउ

खुला |


लकडाउनमा शिकार खेल्न जाने १४ जना पक्राउ


शिवशंङ्कर मिश्र 
बारा, बैशाख ६ गते । रातको समयमा वन्यजन्तुको शिकारसँगै तस्करीका लागि जंगल पसेका आठ जनालाई डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१७ जैतापुरका टोलका ३० बर्षे भजेन्द्र साह, ३२ बर्षे यादव घिमिरे, २२ बर्षे दिपक भण्डारी, ३२ बर्षे प्रमेश माझी, २९ बर्षे वमभोली सहनी, ३८ बर्षे नारायण चौधरी, २३ बर्षे शिवनारायण माझी र २५ बर्षे रमेश माझी रहेका छन् ।

उनीहरुको साथबाट शिकारगर्न प्रयोग हुने तीन वटा भाला, दुई वटा जाल, एउटा बन्चरो र लाईटसहित आठ जनालाई पक्राउ गरेको डिभिजन वन प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो । वन गस्ती टोलीलाई देख्नासाथ उनीहरु फरार हुने गरेकामा यसरी पक्राउ गरिएको कार्यालय प्रमुख अहमदले बताउनुभयो ।

पक्राउ परेका सबैलाई वन ऐन अन्तर्गत वन्यजन्तु शिकार उद्योग मुद्धा दर्ता गरि कारवाही प्रकृया अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो । लकडाउनका समयमा प्रहरी प्रशासनको ध्यान अन्य ठाउँमा रहेको मौकाको फाईदा उठाउदै बाराको राष्ट्रिय वन क्षेत्रमा तस्करहरुको गतिबिधि बढ्न थालेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?