logo
२०८१ मंसिर १० सोमवार



काठमाण्डौबाट हिंडेर आएका ५४ जना भारतीयलाई क्वारेन्टाइनमा राखियो

खुला |
फिचर |


काठमाण्डौबाट हिंडेर आएका ५४ जना भारतीयलाई क्वारेन्टाइनमा राखियो


सिराज खान
नेपालगञ्ज, बैशाख ६ गते । काठमाण्डौबाट भारत जान भनि हिंडेर आएका ५४ जना भारतीयहरुको उद्धार गरेर नेपालगञ्जस्थित क्वारेन्टाइनमा राखिएको छ ।  काठमाण्डौंका बिभिन्न इट्टाभट्टामा काम गर्ने ती भारतीय मजदुरहरु राजधानीबाट हिंडेर शुक्रवार बेलुकी नेपालगञ्ज पुगेका थिए ।

हिंडेर यहाँ पुगेका ती ५४ जना भारतीय नागरिकहरुलाई नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमाथापा मगरले बताउनु भयो ।

उहाँका अनुसार उनिहरु मध्ये ५२ जना भारतको लखिमपुर जिल्लाका रहेका छन् भने २ जना बहराइच जिल्लाका रहेका छन् ।
उद्धार गरेर क्वारेन्टाइनमा राखिएकाहरु मध्ये १३ जना बालिका, १६ जना बालक, १२ जना महिला र १३ जना पुरुष रहेको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले बताउनु भयो ।

भारत तथा नेपाल दुबैतर्फ लकडाउन कायम गरीएकाले लकडाउनको अवधि सकिएपछि मात्र उनिहरुलाई भारत पठाउन सकिने भएकाले तत्काललाई क्वारेन्टाईनमा राखिएको प्रहरी निरिक्षक बस्नेतले बताउनु भयो ।

यसैविच भारतीय सिमाबाट हुन सक्ने संभावित आवतजावत रोक्न प्रहरीले सीमानाका ४ ठाउँमा थप सुरक्षा पोष्टहरु तयार गरेर निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने सीमावर्ति एरियामा हुलासपुरवा, सुईया दसगजा नजिक, कालाफाँटाको कोटिया र नरैनापुरको घरधौरियामा ४ वटा संयुक्त सुरक्षा पोष्ट राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीर बहादुर ओलीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?