logo
२०८१ मंसिर १२ बुधवार



हातले नछोई खुट्टाले चलाएर हात धुन सक्ने धारा जडान

खुला |


हातले नछोई खुट्टाले चलाएर हात धुन सक्ने धारा जडान


जिवछ यादव
लहान,बैशाख ६ गते । बन्दाबन्दीको वेला लहान नगरपालिकाको २५ स्थानमा हातले नछोई खुट्टाले चलाएर हात धुन सक्ने धारा जडान वाटर एडले गरि दिएको छ ।

दाहिने खुट्टाले चलाउँदा पानी आउने र वायाँ खुट्टा चलाए स्यानेटेरीको फिज आउने यस्तो २५ वटा धारा लहान नगरपालिकामा वाटर एडले जडान गरि दिएर अति आवश्यक कामको लागि बाहिर निस्कने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी तथा जन प्रतिनिधि र स्थानीयहरुको लागि ठूलो राहत भएको लहान नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख मुनि साहले अति राम्रो प्रविधि भएको कन्टयाक्ट लेस धार स्टेशनले कारोना संक्रमण रोक्नको लागि उपयोगी रहेको भन्दै यसो हेर्दा समान्य देखिएपनि नजिक गएर दुबै खुट्टा प्रयोग गरेर हातको सरसफाई राम्रोसँग गर्न सकिने भएकोले सहयोग गर्ने वाटरएडलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

वाटर एडका लहान प्रमुख महेश ढुङगानका अनुसार लहान नगरपालिकाको पुरानो दसवटा वडा र थपिएको पछि १४ वटै वडामा २०२३ सम्मा विद्यालय र समुदायमा समेत शुद्ध खाने पानी प्रवन्धको लागि लहान नगरपालिकाको सहयोग ,दलित जनकल्याण युवा क्लवको पहलमा दु्रत गतिमा परियोजना अघि वढिरहेको वेला कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दीले परियोजनाको कार्यक्रम प्रभावित भएपनि वाटर एडबाट थप खुट्टाले चलाउने हात धुने धारा स्टेशन २५ स्थानमा संचालनमा ल्याएको हो ।

यस्तै लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवले लहान नगरपालिका ११ श्री जनता माध्यमिक विद्यालय पडरियामा संचालनमा ल्याएको क्वाराइनटाइनमा रहेका दस जनालाई रयापिड टेष्ट गर्दा सबैको नेगेटिभ आएको हो । त्यँहा पनि हात धुने धारा जडान गरि दिएर वाटर एडले धेरै राम्रो काम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?