logo
२०८२ असार ५ बिहीवार



अवैध घरेलु रक्सी बरामद गरी नष्ट

खुला |
समाज |


अवैध घरेलु रक्सी बरामद गरी नष्ट


होमराज रानाभाट
गैंडाकोट वैशाख ६ गते । आज प्रहरीले अवैध घरेलु रक्सी बरामद गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय रजहरबाट गस्तीमा रहेको प्रहरी टोलीले देबचुली नगरपालिका वडा नं १६ बाह्रकोल जाने जंगलमा मानिसले बोकेर ल्याई राखेको घरेलु रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।

रहजरतर्फ आएका व्यक्तिहरु प्रहरी देखेपछि भागेका र सो स्थानमा प्रहरी टोली पुगी चेकजाँच गर्दा घरेलु मदिरा एक हजार लिटर फेला पारी नियन्त्रणमा लिई आज नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?