logo
२०८१ मंसिर १२ बुधवार



बन्दाबन्दी प्रभावकारी बनाउन रामारोशनमा ‘¥यापिड फोर्स’

खुला |


बन्दाबन्दी प्रभावकारी बनाउन रामारोशनमा ‘¥यापिड फोर्स’


शिवराज ढुंगाना
अछाम, वैशाख ७ गते । कोरोनाभाइरस विरुद्ध नेपाल सरकारद्धारा जारी बन्दाबन्दी (लकडाउन) को पूर्णपालना गराउन रामारोशन गाउँपालिकाले ‘ यापिड फोर्स’ टोली निर्माण गरेको छ । टोलीले लकडाउनको गम्भिर उलंघन गरेको फेला पारेमा आवश्यक कानुली कार्वाहीका लागि पहल गर्ने बताइएको छ ।

टोलीले गाउँपालिकामा रहेका बजार र गाउँघरमा घुमेर कोरोनाभाइरसको अवस्थाका बारेमा जानकारी लिँदै सजगता अपनाउने र उलंघनकर्तालाई काउन्सिलिङ वा कार्वाही गरिने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो । सवारी साधन जाननसक्ने गाउँहरुमा समेत हिडेरै भएपनि‘र्यापिड फोर्स’ पुग्ने बताइएको छ ।

‘गाउँघरमाअनावश्यकजम्माहुननदिने उद्धेश्यले ‘र्यापिड फोर्स’ गठन गरेका छौ । त्यसको प्रभावकारिता हेर्न बाँकी छ ।अधिकृत भण्डारी भनाइ छ ।  ‘र्यापिड फोर्स’ मादुई कर्मचारी, एक सहयोगी र एक सुरक्षाकर्मीको टोलीप्रत्येक दिन खट्ने बताइएको छ । लकडाउनको अटेर गर्ने व्यक्तिलाई गाउँपालिकामा ल्याउने सक्ने समेत अधिकार टोलीलाई दिइएको छ । टोली परिचालनले लकडाउन पालनासँगै स्थानीयवासी कोरोनाभाइरसबाट सुरक्षितहुने गाउँपालिकाले अपेक्षा गरेको छ ।

गाउँपालिकामा रहेका सात वटै वडाका बासिन्दाले एक वडाबाट अर्को वडामा प्रवेशमा समेत रोक लाएका छन् । नेपालबाहिरबाट आएका व्यक्तिबाट कोरोना संक्रमण फैलनसक्ने विश्लेषण गरिएको छ । चैत महिना यतामात्रै चारहजार भन्दाव्यक्ति अछाम भित्रिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?