कालीकोट वैशाख ७ गते । लामो समयको वन्दावन्दीका कारणले देशका बिभिन्न ठाउँमा अलपत्र परेका नागरिकको उद्धारमा कालीकोटका स्थानीय तह जुटेका छन । वन्दावन्दीले खान नपाएर संकटमा रहेका आ आफ्नो स्थानीय तहका नागरिकको उद्धार गर्न रास्कोट नगरपालि र पलाँता गाउँपालिका जुटेका छन ।
रास्कोट नगरपालिकाले एक सुचना प्रकाशित गदै देशका बिभिन्न ठाउँमा रहेका नागरिकहरुले आफु वसेको स्थानका वारेमा जानकारी गराउन र नजिकका आफ्ना साथीहरुको पनि विवरण राखी खवर गर्न अनुरोध गरेको छ । नगरप्रमुख काशिचन्द्र वराल द्धारा हस्ताक्षरित सुचनामा जुन सुकै स्थानमा रहेका रास्कोटका नागरिकहरुले आफु लगाएत अरु कोही भएपनि सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नगरप्रमुख वरालले देशका बिभिन्न स्थान र छिमेकी मुलुक भारतमा अलपत्र परेका नागरिकलाई पनि सम्पर्क गर्न भनिएको वताउनुभयो । उहाँले भारतमा रहेका नागरिकहरुको पनि सकेसम्म उद्धार गर्ने वताउनुभयो । सरकारले पनि आवस्यक तयारी पुरा गरेर संघिय सरकारसंग समन्वय गरी भारत सरकारलाई सहयोग गरिदिन आग्रह गर्ने वताउनुभयो । संघिय सरकारलाई पनि सहयोग पुगोस भनेर रास्कोट नगरपालिकाले आफ्नो नगरका नागरिकको उद्धार आफै गर्ने निर्णय गरेको वडा नं २ का अध्यक्ष दयाराम सिम्खडाले वताउनुभयो । उहाँले सबै सरकारको दाहित्व भएकाले रास्कोटले उद्धारका लागि काम सुरु गरेको वताउनुभयो ।
जिल्ला वाहिर वाट नगरमा आउन चाहेन नगवासिले नगर उपप्रमुख मिम्सरा बम शाहीको मोवाईल नम्वर ९८४८५७२६२६ कार्यापालिका सदस्य मन तिरुवाको ९८४८३०५८०९ मा फोन गरी आफ्नो वारे जानकारी गराउनु पर्ने छ । उहाँको नम्वरमा फोन गरेपछि तुरुन्तै मुलुकका बिभिन्न जिल्लामा रहेका नागरिकलाई घर फर्काउने काम सुरु गर्ने वताईएको छ । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले पनि आफ्नो गाउँपालिका संगै सारै संकटमा रहेका जिल्लाका अन्य नागरिकको पनि उद्धार गरिने वताउनुभयो ।
उहाँले पनि एक प्रेस नोट जारी गदै सम्पर्क गर्न तीन वटा नम्वर सार्वजनिक गर्नु भएको छ । यि नम्वरमा फोन गरेर आफु कहाँ कस्तो अवस्थामा हुनुहन्छ त्यसका जानकारी गराउन अनुरोध गदै तत्काल त्यहाँ गाडी पठाएर उद्धार गरिने वताउनुभयो । अध्यक्ष बमले सम्पर्कका लागि मोवाईल नम्वर ९७४८१५२८१८,९८५८३९००३४ र ९७५८००३०३४ नम्वरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।