logo
२०८१ मंसिर १२ बुधवार



भ्रम फैलाउने इलामका सन्दिप पक्राउ

खुला |


भ्रम फैलाउने इलामका सन्दिप पक्राउ


पशुपतिनगर(इलाम) बैशाख ७ गते । सामाजिक संजालमा कोरोना भाइरस सम्बन्धी भ्रामक अफवाह फैलाउने इलामका सन्दिप योङ्हाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको फाकफोकथुम गाँउपालिका ७ का २४ बर्षीय लिम्बुलाई फेसबुकमा कोरोना सम्बन्धी भ्रामक सूचना पोष्ट गरी मानिसलाई आतंकीत बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
लिम्बुले इलाम नगरपालिका ५ बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनी फेसबुकमा भ्रामक सामग्री पोष्ट गरेर स्थानीयलाई त्रसीत बनाएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका लिम्बुको बिषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?