logo
२०८१ मंसिर १२ बुधवार



रौतहटमा वन क्षेत्र प्रवेश निषेध

खुला |


रौतहटमा वन क्षेत्र प्रवेश निषेध


मनोज तिमलसिना
चन्द्रपुर समाचारदाता
रौतहट,चैत ७ गते । रौतहटमा लकडाउनका समयसम्म वन र वन्यजन्तुको संरक्षण गर्न जंगल प्रवेश गर्न निषेध गरिएको छ ।

कोरोना भाइरसको (कोभिड–१९) संक्रमण नफैलियोस भन्दै सरकारले लकडाउन गरेको मौका छोपी वन र बन्यजन्तुको दोहन गर्ने क्रम बढेपछि यस अवधिमा अवैध गतिविधि बढ्ने संभावना रहेको जनाउँदै गत बुधबारबाट डिभिजन वन कार्यालय,रौतहटले वनक्षेत्र प्रवेश निषेध गरेको हो ।

लकडाउनको समयमा मानिसहरुले अनाधिकृतरुपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने,वन्यजन्तको चोरी शिकार गर्ने र वन पैदावारको चोरी निकासी गर्नेलगाएतका गतिविधि बढेको जनगुनासो आएपछि त्यसको रोकथामका लागि लकडाउनको समयसम्म वनभित्र प्रवेश निषेध गर्न बाध्य भएको डिभिजन वन कार्यालय,रौतहटले जनाएको छ ।

डिभिजन वन वन कार्यालय,रौतहटका प्रमुख विनोद सिंहले वनको क्षेत्राधिकारभित्रका राष्ट्रिय वन (सामुदायिक वन,साझेदारी वन,धार्मिक वन र सरकारद्धारा व्यवस्थित वन) क्षेत्रमा वन संरक्षणका गतिविधि बाहेक अन्य क्रियाकलापहरु गर्न नपाउने गरी वन ऐन,२०७६ को दफा ९ बमोजिम जंगल प्रवेशमा निषेध गरिएको बताउनुभयो ।

डिभिजन वन प्रमुख सिंहका अनुसार,यसअघि वन प्रवेश निषेध गर्ने बारेको सुचना जारी गरिसकिएको छ । वन प्रवेश गरेमा वन ऐन,२०७६ को दफा ५० (१) (ख) बमोजिम एक महिना सम्म कैद वा एक हजार रुपैयासम्म जरीवाना वा दुबै सजाय हुने ब्यवस्था रहेको छ । सबै सव–डिभिजन वन कार्यालय र वन समुहले लकडाउनको अवधिमा संरक्षणमुखी बिशेष कार्ययोजना बनाउँदै संरक्षण गर्न पत्राचार गरिएको सिंहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?