logo
२०८१ मंसिर १२ बुधवार



संक्रमित बढेसँगै सुरक्षा सामग्री र जनशक्ति अभाव

खुला |


संक्रमित बढेसँगै सुरक्षा सामग्री र जनशक्ति अभाव


गाईघाट,वैशाख ७ गते । उदयपुरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भएपनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र आवश्यक जनशक्तिको अभाव भएको छ । गएको तीनदिन भित्रमा त्रियुगा नगरपालिका वडा नं ३ भुल्के मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना भाइरस देखापरेपछि उत्पन्न परिस्थितिका सामाना गर्न स्वास्थ्य र सुरक्षाकर्मीलाई सुरक्षा सामग्री तथा जनशक्तिको अभाव भएको हो ।

स्वास्थ्यकर्मी परिचालन गर्नका लागि आवश्यक सुरक्षा कवज पिपिई, सेनिटाईजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मलगन जस्ता उपकरणहरु अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो

उहाँले भन्नुभयो ‘प्रदेश सरकारले पठाएका सामग्रीले अहिलेसम्म पुगेपनि एकैपटक ठूलो संख्यामा संक्रमितहरु देखापरेपछि त्यहिअनुसारको जनशक्ति परिचालन गर्न स्वास्थ्यकर्मी र सुरक्षा सामग्री अभाव भएको हो ।” संक्रमितहरु गएको ठाउ, भेट गरेका व्यक्ति र मस्जिद रहेको बस्तिका सबैको र्यापिड टेष्ट गर्नुपर्ने भएकाले सामग्री र स्वास्थ्यकर्मी अभाव भएको उहाँको भनाइ छ ।

‘ठुलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गर्नु पर्ने अबश्था आएको तर कार्यालयमा सो अनुसारको जनशिक्त परिक्षणका लागि चाहिने सुरक्षा सामग्री पनि छैन । प्रदेश सरकारसँग माग गरेको र यस अघि आएको एकसय ३० थान पिपिई सबै स्थानीय तहलाई उपलब्ध गराईसकेको हुँदा जिल्लामा मौजाद नरहेको उहाँ बताउनुहुन्छ ।

यसैबीच उदयपुर अस्तालमा कोरोना बाहेकका विरामीहरुको नियमित चेकजाँच र स्वास्थ्य उपचारमा खकुने कमि नआएको अस्पतालका मेडिकल सुपरीटेण्डण्ट डाक्टर जिवनारायण मण्डलले बताउनुभयो । उहाँका अनुसार रक्तचाप,मधुमेह जस्ता विरामिहरुलाई घरमै वसेर नियमित औषधी सेवन गर्न सल्लाहा दिने गरेको तर महिला,बालबालिकाहरुको भने नियमित चोक जाँच हुदै आएको छ ।

खास गरी बालबालिकाहरुमा रुघा,खोकि,जोरो,निमोनिया र झडापखाला तथा महिलाहरुको प्रसूति सम्वन्धि नियमित हुने गर्भ जाँच लगायतका उपचार सेवाहरु अस्पतालबाट दैनिक प्रवाह हुदै आएको र यस्ता विरामीहरु दैनक ३० देखि ४० को संख्यामा आउने गरेको पनि मेडिकल सुपरीटेण्डण्ट डाक्टर मण्डलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?