लहान समाचारदाता
लहान,बैशाख ७ गते । बन्दाबन्दीमा लामो दुरी पैदल हिडेर पूर्वतर्फ घर जान लागेका मजदुरहरुलाई लहान नगरपालिकाले विहानै आइपुगेका र छिमेकी जिल्ला जाने मजदुरहरुलाई नास्ता र टाढा जाने मजदुरहरुलाई खाना खुवाउनुको साथै इलाम जाने मजदुरलाई भ्यानको व्यवस्था गरि दिएको छ ।
लम्जुङग जिल्लामा कृषि क्याम्पस निर्माणका लागि गएका मजदुरहरु बन्दाबन्दीमा कुनै सवारी साधन नभेटेपछि पाँच दिनमा पैदल हिडेर लाहान आइपुगेका रन्जित दासले भन्दै छिमेकी जिल्ला सप्तरी आज वेलुकासम्म पुगि सक्ने बताउनुभयो । सात जनाको समूहमा रहेका मजदुरहरुले घरबाट लगातार फोन आउन थाल्यो जसरी पनि घर आउनु भनेर कर गरेपछि पैदल पाँच दिनसम्म पैदल हिडेर नै घर जान लागेको पीडा पोख्नुभयो ।
विहानै नास्ता खान पाए हुन्थ्यो लागेको थियो वरिपरि हेर्दा सबै पसलहरु बन्द रहेछ यहाँ पनि खान केहि नपाइने भयो भनेर पूर्वतिर लागेको वेला लहान नगरपालिका र सशस्त्र प्रहरीको गाडीमा नास्ता पानी ल्याएर खान दिएपछि मनमा शान्ति र आराम महसुस भएको काठमाण्डौबाट सुनसरी जान लागेको निर्माण मजदुर मो. अजवले नास्ताको व्यवस्था गर्नु ढुङगा खोज्दा देउता मिलेको जस्तो लागेको खुसी व्यक्त गर्नुभयो ।
काठमाण्डौमा निर्माण मजदुरकको रुपमा काम गरिरहेका आठ जनाको समूहमा रहेका मजदुरहरु चार दिन लगाएर लहानसम्म आइपुगेको मजदुर अगुवा गोपाल राइले उदपपुर माथि खाबु जान धेरै टाढा नरहेको बताउनुभयो ।
अर्का मजदुर आश्विन राइका अनुसार काठमाण्डौमा पसलहरुमा खाने सामानहरु पाउन छाडेपछि बाध्य भएर के खाने ? बरु पीडा सहेर पनि आफ्नो घरतर्फ नै जाँउ भने निष्कर्षमा पुगेर घरतर्फ हिडन लागेका हौ । सरकारले घरसम्म पुरयाइ दिने गरेको भए हामी जस्तो सयौ मजदुर बाटोमा अलपत्र पर्ने थिएन,सहज हुन्थ्यो सबै मजदुरहरुले पीडा पोख्नुभयो ।
एका विहानै लहान आइपुगेका वीस जना भन्दा बढी मजदुरहरुलाई च्याउ च्याउ विस्कुट र एक एकवटा पानीको बोटल पानीको व्यवस्था गरेर सशस्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जून साप्कोटा र लहान नगरपालिकाका प्रशासकीय प्रमुख खेम्नन्दन भुषालले नास्ता पानी गराउनुभयो ।
दस एघार वजेतिर लहान आइपुगेका मजदुरहरुलाई लहान नगरपालिकाले खाना खुवाएर २८ जनालाई विहानै नास्ता र वीस जनालाई खाना खुवाएर इलाम सम्म पुरयाउन भ्यानको व्यवस्था गरेको नगरप्रमुख मुनि साहले जानकारी दिनुभयो ।