सञ्जय कुमार मिश्र
गौर,बैशाख ७ गते । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेका क्वारेन्टाईनमा ५जना व्यक्तिको –यापिड डाइग्नोष्टिक टेस्ट (च्म्त्० परीक्षणमा निगेटिभ आएपछि ससम्मान घर फिर्ता गरिएको छ ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन तथा यसको रोकथाम र नियन्त्रणकालागि भारत लगायत बाहय मुलुकबाट नेपाल प्रवेश गरी घर फर्केका ५जनाको (च्म्त् ) परीक्षण निगेटिभ आएपछि क्वारेन्टाइनबाट ससम्मान घर फिर्ता गरिएको हो ।
क्वारेन्टाईनमा रहेका निगरानीकलागि राखिएको शंकास्पद व्यक्तिमध्ये ५जनालाई जनही चामल ३०किलो ,दाल ३ किलो ,साबुन ,नुन एक किलो ,तेल एक लिटर ,कपडा ,सेनेटाईजरलगायतका सामान उपलब्ध गराई माला लगाएर घरमै क्वारेन्टाईनमा बस्ने गरी घर फिर्ता गरिएको दुर्गाभगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष साहले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमण रोकथाम तथा नियन्त्रणकालागि लाकडाउनको विकल्प नरहेको बताउनुभयो ।उहाँले व्यक्तिगत सरसफाई तथा नियमित रुपले साबुनपानीले हात धुने ,मास्क लगाउने ,सेनिटाइजरको प्रयोग गर्नुपर्ने बताउँदै गाउँपालिका अध्यक्ष साहले कोभिड १९बाट बच्न सामाजिक दुरी अत्यावश्यक रहेकाले यसको पूर्णपालना गर्नुपर्ने सबैसँग आग्रह गर्नुभयो ।
यसैबिच दुर्गाभगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सामाजिक संजालबाट तस्विर र नाम प्रयोग गरी नक्कली फेसबुक आईडि बनाएर जथाभावी स्टाटसहरु लेखि सर्वसाधारणलाई आफनो विरुद्ध भडकाउने कार्यप्रति गम्भिर आपति प्रकट गरेका छन ।
मेरो राजनितिक ,समाजिक चरित्र हत्या गर्ने गरी कुटिल षडयन्त्र गरिएकोले यस्ता घृणित कार्य गरेर मेरो मान प्रतिष्ठामा आँच पुर्याइ आफनो फाइदा लिने व्यक्तिलाई कार्यवाहीको लागि सम्बन्धित निकायमा उजुरी दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।