दिपकप्रसाद गौतम
वीरगञ्ज , बैशाख ८ गते । सोमबार बिहानै वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा रहेको टाउँन प्लानिङ्ग (नगर विस्तार) को प्लटिङ्गमा एक युवकको शव फेला परेको छ ।
मुख, हातखुट्टामा गम्भिर चोट लागेको र घाँटीमा समेत कपडाले कसिएको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा रहेको टाउँन प्लानिङ्ग (नगर विस्तार) को प्लटिङ्गमा एक युवकको शव फेला परेको हो ।
फेला परेको शव वीरगञ्ज महानगर पालिका वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको रहेको जिल्ला प्रहरी कार्यालयउ पर्साले जनाएको छ ।
सोमबार बिहान शौच गर्न निस्केका स्थानिय महिलाले प्लाटिङ्गमा शव देखेपछि प्रहरीलाई खबर गरेका र युवकको शव फेला परेको गाउँमा हल्ला भएपछि घटनास्थलमा पुगेका मृतका आफन्तहरुले मृत रवि पटेल रहेको पहिचान गरेको प्रहरीले जनाएको छ ।
फेला परेको शवको मुख, हातखुट्टामा गम्भिर चोट लागेको र घाँटी कपडाले कसिएको पाईएकाले हत्या गरि शव त्यहा फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनास्थलमा पुगेको प्रहरीले घटना स्थलको मुचुल्का उठाई मृतकको शवलाई परीक्षणको वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले घटनाबारे थप अनुसन्धान गर्ने काम भईरहेको बताउनु भयो ।
आईतबार साझ खाना खाएर घरबाट बाहिर निस्किएका रबि घर फर्किका थिएनन् र उनी सोमबार बिहान मृत फेला परेका हुन् ।
स्थानिय एक उद्योगमा रोजगारी गरेर जिविकोपार्जन गर्दै आएका मृतब पटेल उद्योग बन्द भएपछि घरमै बस्दै आएका थिए उनका तीन बर्षका एक छोरा र २ बर्षकी एक छोरी रहेका छन् ।