logo
२०८१ मंसिर १२ बुधवार



छोरी मारेको अभियोगमा बुबा पक्राऊ

खुला |


छोरी मारेको अभियोगमा बुबा पक्राऊ


दिपकप्रसाद गौतम
वीरगञ्ज , बैशाख ८ गते । आफ्नै सात वर्षीया छोरी मारेको आरोपमा पर्सा प्रहरीले बीरगञ्जको छपकैयाका एक व्यक्तिलाई पक्राऊ गरेको छ ।

गत चैत ११ गते सलको पासो लगाई भुन्डिएर आत्महत्या गरेकी ७ वर्षिय अंशु कुमारी सरार्फको घटनाको अनुसन्धान गरी रहेको पर्सा प्रहरीले अंशुको हत्या भएको र हत्या उनकै बुबाले गरेको निष्कर्षमा पुगेपछि छोरी मारेको अभियोगमा बुबालाई पक्राऊ गरेको हो ।

पर्सा प्रहरीले अनुसन्धानबाट गत चैत ११ गते भएको घटनामा छोरी मारेको पुष्टि भएपछि आईतबार बुबा संजय कुमार साह सोनार उर्फ संजय सर्राफलार्ई पक्राउ गरेको हो ।
पक्राउ पर्ने बीरगञ्ज महानगरपालिका वडा नम्बर १ का संजय कुमार साह सोनारले आफ्रनै ७ वर्षीय छोरी अंशु कुमारी सर्राफलाई घाँटी थिचेर मारेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

गत चैत ११ गते भएको सो घटनामा निज सर्राफकी छोरी कोठामा रहेको भित्ताको किलामा सलको पासो लगाई भुन्डिएको अवस्थमा फेला परेकी थिइन् । अस्पताल पु¥याउँदा पु¥याउदैं उनको मृत्यु भएको थियो ।

घटनाको प्रकृति हेरेर शंका लागेपछि थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीको टोलीले सो घटना आत्महत्या नभई हत्या भएको पुष्टि गरेको छ ।निज सरार्फले कसुरबाट बच्न हत्यालाई आत्महत्या जस्तो बनाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । पक्राउ परेका सर्राफ उपर थप अनुसन्धान भइहरको प्रहरी उपरिक्षक पन्तले बताइन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?