logo
२०८१ मंसिर १२ बुधवार



इलामका स्थानीय तहमा क्वारेन्टाइन थप्ने तयारी

खुला |


इलामका स्थानीय तहमा क्वारेन्टाइन थप्ने तयारी


इलाम,बैशाख ८ गते । कोरोना भाइरस(कोभिड १९) कोकथाम तथा नियन्त्रणका लागि इलाम जिल्लामा थप क्वारेन्टाइन निर्माणका लागि पहल थालिएको छ । प्रदेश एकका बिभिन्न स्थानमा कोरोना संकमित भेटीन थालेपछि जिल्लाका १० वटा स्थानिय तहमा ८८० बेडको क्वारेन्टाइन निर्माणका लागि पहल थालिएको हो ।

इलामका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन केन्द्रको बैठकले स्थानीतय तहहरुलाई थप क्वारेन्टाइन बेड निर्माणका लागि निर्देशन दिएको छ । जस अनुसार सूर्योदय नगरपालिका , माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा २ सय बेडका दरले क्वारेन्टाईन थप गर्न भनीएको छ ।

हाल इलाम नगरपालिकामा १ सय बेड, माईजोगमाई गाउँपालिकामा ८० बेड छन । माई नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङसेवुङ गाउँपालिकामा ५०र५० बेडका दरले थप क्वारेन्टाईन गरिने केन्द्रले निर्णय गरेको छ । क्वारेन्टाइन स्थापनाका गर्नका लागि आवश्यक सामग्रीहरुको अनुमानित लागत सहितको कार्ययोजना तयार गरि आवश्यक बजेट ६८ लाख ९४ हजार ४ सय ८० रुपियाँ प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग गर्ने निर्णय गरिएको छ ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा निर्माण हुने क्वारेन्टाइनको सुरक्षा व्यवस्थापन नेपाली सेना सहितको संयुक्त सुरक्षा निकायले व्यवस्थापन गर्ने भएको छ ।

यसैबिच बैठकले जिल्ला भित्र संचालित विकास निर्माणका आयोजनाका लागि अत्यावश्यक निर्माण सामग्री जिल्ला भित्र ढुवानीका लागि बेलुका ६ बजे देखी विहान ८ बजेभित्रको समय सिमा भित्र अनुमती जारी गर्ने निर्णय भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, ३ वटै सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रभु शाह, स्वास्थ्य कार्यालय प्रमुख वृजकुमार दास लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?