सिमकोट वैशाख ८ गते । भारत र देशका अन्य भागबाट फर्केर दश जनाको भाईरस संक्रमणको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ भेटिएको छ । क्वारेन्टाइनमा नबसी गाउँ गाउँमा सेल्फ क्वारेन्टाईनमा रहेका उहाँहरुको आरडिटी किटबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ८ जनाको आज आरडिटी किटबाट कोरोना संक्रमणको परिक्षण गर्दा नेगेटिभ आएको गाउँपाकिलाको स्वास्थ्य शाखाका संयोजक सन्तोस धामीले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयबाट किट सहितको ल्याबको टोली गाउँपालिकामा पुगेपछि भाइरस संक्रमणको परिक्षण गरिएको हो । भारत, काठमाडौं, नेपालगंज र सुर्खेतबाट गाउँपालिकामा आई पुगेको अन्यको पनि सोमबार परिक्षण हुने धामीले बताउनुभयो ।
हालसम्म हुम्ला जिल्लामा यस अघि आरडिटी किटबाट कोरोना संक्रमणको लागि रगत परिक्षण गर्दा ६८ पुगेको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । अब हुम्लामा ७८ जनाको संक्रमण परिक्षण भएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । गाउँपालिका अनुसार सिमकोटमा २९ जना, नाम्खामा २५ जना, अदानचुलीमा ६ जना र ताँजाकोटमा नौ जनाको परिक्षण रिपोर्ट नेगेटिभ देखिएको हो ।