प्रेमराज सिम्खडा
कालीकोट वैशाख ८ गते । कोरोना सङ्क्रमको महाविपतीमा कालीकोट जिल्लाका स्वास्थ्यक्रर्मीहरु जोखिम मोलेर काम गरिरहेका छन । जिल्लाका २८ स्वास्थ्य चौकी एक प्राथमिक स्वास्थ्य केन्द्र र एक जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यक्रर्मि आवश्यक सुरक्षाका साधनकै अभावमा काममा खटिएको पाईएको छ ।
स्वास्थ्य सेवा कार्यलय कालीकोटका सुचना अधिकारी कटकवहादुर महतले जिल्ला भरी ५० प्रतिसत सुरक्षाका सामाग्री वल्ल जुटाएर काम गरिरहेको वताउनुभयो । उहँँले हाल अपुर्ण पिपिई सेट ५८ वटा भए पनि यो संया अपुग भएको वताउनुभयो । उहाँले अझै ५० सेट पिपिईको आवस्यक्ता रहेको वताउनुभयो । पिपिई सेटमा गाउन, ग्लोप्स, वुट, एन ९५ मास्क, फेस सिल्ड, शुकभर हुने गर्दछन । तर हाल कालीकोटमा उपलब्ध पिपिईमा सबै सेट नभएको स्वास्थ्यक्रर्मीको भनाई छ ।
दुई सय वटा मास्क, थर्मामिटर ४ वटा ग्लोप्स ५ वटा, लुज गलप्स एक हजार, ह्याण्ड सेनिटाईजर ३० वटा रहेका छन । जिल्लामा सर्जिकल ग्लोप्स एउटा पनि नभएपनि कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका ब्यवस्थापन डाक्टर भिष्मप्रसाद प्रोख्रेलले अव जिल्लाका सबै स्वास्थ्य चौकीमा रहेका स्वाथ्यक्रर्मिलाई आवस्यक पर्ने दश हजार सर्जिकल ग्लोप्सको आवस्यक्ता पर्ने वताउनुभयो । उहाँले ग्लोप्सका साथै दश हजार मास्क, ह्याण्ड सेनिटाईजर २ सय वोटल, थर्मामिटर १० वटा भएमा काम गर्न सजिलो हुने वताउनुभयो । जिल्लामा रास्कोट सामुदायिक अस्पताल पनि रहेको छ ।
रास्कोट अस्पतालका स्वास्थ्यक्रमी उच्च जोखिममा
रास्कोट सामुदायिक अस्पतालमा काम गर्ने स्वास्थ्यक्रर्मी भने निकै जोखिममा रहेको पाईएको छ । भरखर सुरुवात गरेको अस्पतालमा आय केही नभएको र सरकारी निकायवाट कुनै सहयोग नभएकाले कार्यरत स्वास्थ्यक्रर्मीलाई सुरक्षाका सामान दिन नसकेको हो ।
अस्पताल सञ्चालन समितिका अध्यक्ष तुलाराज सिम्खडाले नागरिकवाट सहयोग जुटाएर अस्पताल सञ्चालन गर्न खोज्दा राजनितिक स्वार्थका कारणले स्थानीय देखि प्रदेश सरकारले सहयोग नगरेकाले स्वास्थ्यक्रर्मीलाई सुरक्षा प्रदान गर्न नसकिएको वताउनुभयो । भगवान भरोसामा काम गरिरहेका छन । सहयोग जुटिरहेकाले केही दिनमा सुरक्षाका सामान पठाउने वताउनुभयो ।
पलाँतामा भने सबै सुरक्षाका समान
जिल्लाको पलाँता गाउँपालिकाले भने आफै पिपिई खरिद गरि ल्याएर सबै स्वास्थ्य संस्थामा वितरण गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले गाउँपालिका भित्रका सबै स्वास्थयक्रर्मीलाई सुरक्षाका सामाग्री प्रदान गरेको वताउनुभयो । हामीलाई स्वास्थ्य सुरक्षाका सामान चाहिदैनन, वरु औषधी केही भए संघिय सरकारले दिए हुन्छ अरु हामी सुरक्षित छौ अध्यक्ष बमले भन्नुभयो । गाउँपालिकाले आफ्ना स्वास्थ्यक्रर्मी संगै जिल्ला अस्पताललाई समेत १८ सेट पिपिई प्रदान गरेको थियो । प्रेमराज सिम्खडा कालीकोट ।
पलाँताका स्वास्थ्यक्रर्मीले गाउँपालिकावाट प्राप्त गरेका सुरक्षाका सामान पिपिई लगाएर सामुहिक तस्वीर खिचाउदै तस्विरः प्रेमराज सिम्खडा ।