logo
२०८१ मंसिर १२ बुधवार



तातोपानी नाकाबाट चार पटक मेडिकल सामान आयात

खुला |


तातोपानी नाकाबाट चार पटक मेडिकल सामान आयात


चित्र मिजार
सिन्धुपाल्चोक, बैशाख ८ गते । चीनसंग जोडिएको उत्तरी सीमा तातोपानी नाकाबाट चार पटक कोरोना भाइरस (कोभिड १९) प्रतिरोधी स्वास्थ सामाग्री आयात भएको छ ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले लकडाउन भएयत्ता चीनबाट बिभिन्न समयमा कोरोना संक्रमणबाट बचाउने स्वास्थ सामाग्री आएको जानकारी दिनु भयो ।

बैशाख यत्ता नाकाबाट पहिलो पटक सात हजार पाँच सय एन ९५ मास्क, १० कार्टुन स्यानिटाइजर आयात भएको छ । सो स्वास्थ सामाग्री बिएम टे«डिङ ब्यापारिक संस्थाले आयात गरेको थियो ।
दोशो्र पटक सात हजार एन ९५ मास्क र पाँच कार्टुन थर्मलगन महाशक्ति सप्लायर्सले स्वास्थ सामाग्री ल्याएको थियो । एक हजार पाँच सय थर्मलगन, १० हजार पिपिई सेट, दुई हजार वटा डिस्पोजेबल जुत्ता कभर, स्वास्थ सामाग्ी पनि महाशक्ति सप्लायर्सले नै नाकाबाट ल्याएको छ । चौथो पटक एक हजार पाँच सय थर्मलगन, १० हजार पिपिई सेट र २० हजार डिसपोजेबल

जुत्ता कभर पनि महाशक्ति सप्लायर्सले चीनबाट सामान आयात गरेको छ ।
प्रमुख खत्रीका अनुसार मास्क, स्यानिटाइजर, थर्मलगन, आइसोलेसन वार्डका बेड, ग्लब्स लगायतका स्वास्थ सामाग्री आयात भएको जानकारी दिनु भयो । अहिले दैनिक जसो चीनबाट स्वास्थ सामान आयात भइरहेको पनि उहाँले बताउनु भयो ।

चीनियाँ पक्षले मितेरी पुलसम्म उक्त सामान ल्याइदिने गरेका छन् । मितेरी पुल सम्म नेपाली पक्षका २० जना चालक र भरिया सो स्वास्थ सामाग्री लिन पुग्ने गर्छन् । सीमामा राखिएको हेल्थ डेस्कमा स्वास्थ जाँच गरेर चालकले सामाग्री ल्याउने गरेको प्रमुख खत्रीले बताउनु भयो । चीनियाँ पक्षले पनि स्वास्थ सामाग्री परीक्षण गरेर पठाउने गरेको छ । दुबै देशले मेडिकल प्रोटोकल पुरा गरेर स्वास्थ सामाग्री आयात भएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?