बुटवल,बैशाख ८ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वार्ड नम्बर ४ शान्तिपुर बसपार्कमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको खनाल स्टोर्समा सोमबार दिउँसो आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १६ वर्षीय समिर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्काले बताउनु भयो ।
आगलागीमा परेर परिवारका तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाईएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । बिद्युत सट् भएको आगो लागेको अनुमान गरिएपनि खास कारण खुल्न सकेको छैन् ।